back

सात जिल्लामा आजदेखि हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै

वि.सं.२०८१ वैशाख १६ आइतवार

279 

shares
RBB AD
NTC AD

काठमाडौँ । आजदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि आज खुवाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सरकारले आमऔषधि सेवन अभियान सञ्चालन गरेर (सबैलाई औषधि खुवाउने गरी) दुईहप्ते अभियान सञ्चालन गर्न लागेको हो । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले ती सात जिल्लाका एक सय एक पालिकाका करिब ५० लाख ७८ हजार जनालाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने बताए ।

सरकारले यसअघि ती सात जिल्लामा आमऔषधि सेवन अभियान सञ्चालन भए पनि सफल नभएपछि पुनः अभियान सञ्चालन गरेको हो । दुई वर्षदेखि माथिका सबै उमेर समूहका सर्वसाधारणलाई औषधि खुवाइने छ ।

सरकारले समुदायस्तरमा सङ्क्रमण रोक्नका लागि ती जिल्लामा सबैलाई औषधि खुवाउन थालेको हो । यसअघि ५३ जिल्लामा समुदायस्तरको सङ्क्रमण रोकिएको छ भने दाङ, मोरङ, बाँके र कैलाली जिल्लामा प्रारम्भिक समुदायस्तरको सङ्क्रमण रोकिएको छ । अभियानमा यसपटक करिब छ हजार स्वास्थ्यकर्मी र पाँच हजार आठ सय महिला स्वास्थ्य स्वयंसेविका परिचालन भएका छन् ।
रासस /फाइल फोटो

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:२२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
देवचुली पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा

देवचुली पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को देवचुली नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता...

आठ लाख बढीलाई हात्तीपाइले रोगविरुद्धको औषधि

आठ लाख बढीलाई हात्तीपाइले रोगविरुद्धको औषधि

बनियानी (झापा) । झापामा आठ लाख चार हजार सात सय...

के तपाई पनि गुन्द्रुक खानुहुन्छ ? हेर्नुहोस यस्ता छन् फाइदा…

के तपाई पनि गुन्द्रुक खानुहुन्छ ? हेर्नुहोस यस्ता छन् फाइदा…

काठमाडौँ । वर्तमान समयमा नेपालीहरुको लोकप्रिय तरकारीको रुपमा गुन्द्रुक अग्रह...

जालपामा ‘जनसेवा नगर अस्पताल’ स्थापना

जालपामा ‘जनसेवा नगर अस्पताल’ स्थापना

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा...

कोरोनाकालमा अनलाइनमार्फत कक्षा लिएकालाई काउन्सीलले मान्यता दिने

कोरोनाकालमा अनलाइनमार्फत कक्षा लिएकालाई काउन्सीलले मान्यता दिने

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले कोरोना महामारीको समयमा नेपालमा बसेर...

बिदा लिएर निजी अस्पतालमा गइ काम गर्नेलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी

बिदा लिएर निजी अस्पतालमा गइ काम गर्नेलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवम्...