back

तस्करी गर्नेलाई जरिवानामा वृद्धि

वि.सं.२०७४ वैशाख २६ मंगलवार

519 

shares

२६ वैशाख, चितवन  । चितवन राष्ट्रिय निकुञ्जभित्रको वन पैदावर चोरी व्यक्तिले अव जरिवानास्वरुप लाखौँ रुपैयाँ तिर्नुपर्ने भएको छ ।

नेपाल राजपत्र २०७३ को पाँचौँ संशोधनसँगै निकुञ्जको वन पैदावार चोरी तस्करी गर्नेसँग जरिवाना रकममा वृद्धि भएको हो । हालै संशोधित ऐनअनुसार क्षतिको बिगोको दोब्बर जरिवानासम्म तिर्नुपर्ने भएको छ । यसअघि वन पैदावार हानीनोक्सानी पु¥याउनेलाई बढीमा दुई वर्षसम्म कैद र रु १० हजारसम्म जरिवाना लिने व्यवस्था थियो ।

कैद भुक्तानबापत एक दिनको रु २५ जरिवाना तिर्दा दुई वर्षको १८ हजार रु २५० हुन आउँथ्यो । यसमा रु १० हजार जरिवाना थप गर्दा जति वन पैदावरको क्षति पु¥याए पनि रु २८ हजार २५० तिरे पुग्थ्यो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार संशोधित ऐनअनुसार रु एक हजार बिगोसम्मको भएमा विगो मात्रै तिरेपुग्छ भने रु एक हजारदेखि १० हजार बिगोको लागि बिगो बमोजिम जरिवाना र ६ महिनासम्म कैद हुनसक्छ भने सोभन्दामाथि वन पैदावरको क्षतिको दोब्बर बिगो र एक वर्षसम्म कैद हुने व्यवस्था छ ।

कैदको समय घटाए पनि बिगोको दोब्बर हुने हुँदा जरिवाना अत्याधिक धेरै हुने कँडेलले बताउनुभयो । सामान्य रुपमा लिएर वन पैदावार चोरी निकासी गर्नेले घरखेत बिक्री गरी धरौटी राख्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । ऐनमा वन पैदावरको दररेट समेत उल्लेख गरिएको छ । सतिसालप्रति क्यूफिट रु एक हजार ५००, साल रु ३०० देखि रु ८०० सम्म, जङ्गली सिसौ रु एक हजार, खयर ६०० रुपैयाँ दररेट तोकिएको छ । जसको सतप्रतिशत जरिवाना हुँदा दोब्बर रकम तिर्नुपर्ने हुन्छ ।

एक वर्ष कैदको प्रतिदिन रु २५ का दरले एक वर्षको रु नौ हजार एक सय २५ हुनआउँछ । यो दररेट अनुसार एउटा सालको रुखको करिब रु १० लाखसम्म बिगो जरिवाना पर्ने देखिएको छ ।

हालै मात्र ठोरीको शनिश्चरे मध्यवर्ती सामुदायिक वनका अध्यक्षले तोकिएको भन्दा बढी साल, खयर र जमुनाको काठ काटेपछि रु १० लाख ९ हजार १६७ धरौटी राखेर निस्किएको निकुञ्जले जनाएको छ ।

त्यसैगरी जगतपुरमा निकुञ्जभित्र काठ काटेकै कारण ११ जनाले रु ६६ लाख धरौटी राखेर तारेखमा छन् । बरण्डाभार उपभोक्ता समिति बाटुलीचौरमा काठ काटेकै कारण ६ जनाले रु १५ लाख धरौटी राखेर छुटेका छन् । उनीहरु सबैले घरजग्गा धरौटी राखेका हुन् ।

माथिका घटनालाई हेर्दा समयमै जनतालाई सुसूचित गर्न नसके निकुञ्ज आसपास बस्ने गरिब जनताको घरखेत बिक्री गरेर जरिवाना तिर्नुपर्ने देखिएको निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताउनुभयो ।

यस अघिको झै सामान्य रुपमा लिएर निकुञ्जमा प्रवेश गरी वन पैदावर चोरी निकासी गर्न हुँदैन भन्ने सन्देश सबैलाई दिन जरुरी भएको अर्यालले बताउनुभयो । रासस

वि.सं.२०७४ वैशाख २६ मंगलवार १०:३९ मा प्रकाशित

Himalayan Life AD
धनुषाका ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

धनुषाका ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

जनकपुरधाम । धनुषा जिल्लामा ८४ प्रतिशत किशोरीलाई पाठेघरकोे मुखको क्यान्सर...

मृतकका परिवारलाई प्रदेश सरकारद्वारा आर्थिक सहयोग

मृतकका परिवारलाई प्रदेश सरकारद्वारा आर्थिक सहयोग

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार राति बैतडीको पुर्चौंडीमा भएको...

चुनावी घोषणापत्रमा ज्येष्ठ नागरिकका अधिकारलाई प्राथमिकता दिन सुझाव

चुनावी घोषणापत्रमा ज्येष्ठ नागरिकका अधिकारलाई प्राथमिकता दिन सुझाव

काठमाडौँ । जेरियाट्रिक सोसाइटी अफ नेपालले राजनीतिक दल र स्वतन्त्र...

फरार कैदीबन्दी र लुटिएका हातहतियार फिर्ता नहुनुले भयरहित निर्वाचन हुनेमा सांसदको आशङ्का

फरार कैदीबन्दी र लुटिएका हातहतियार फिर्ता नहुनुले भयरहित निर्वाचन हुनेमा सांसदको आशङ्का

काठमाडौँ । राष्ट्रियसभा सदस्यहरुले जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदीबन्दी...

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा कडा नियमन गर्न चिकित्सक सङ्घको माग

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा कडा नियमन गर्न चिकित्सक सङ्घको माग

काठमाडौँ । नेपाल चिकित्सक सङ्घले दैनिक प्रयोगमा आउने दञ्तमञ्जनसहित मुख...

समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार बढी

समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार बढी

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, समानुपतिकतर्फको बन्दसूचीमा २५ देखि...