Logo
१४ माघ २०७८, शुक्रबार
     Fri Jan 28 2022
E-paper
  English Edition
   Unicode
Logo

पचपन्न हजार बाख्रालाई खोप



२६ वैशाख,बैतडी  । जिल्ला पशुसेवा कार्यालय पाटनले ५५ हजार बाख्रामा पीपीआर विरुद्वको खोप लगाएको छ ।

यही वैशाख ११ गतेदेखि १० वटा प्राविधिकको टोली खटाएर जिल्लाका दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका, पाटन नगरपालिका, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिकाका विभिन्न स्थानमा बाख्रालाई खोप लगाएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा नवीन घिमिरेले जानकारी दिनुभयो ।

व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका किसानलाई लक्षित गरेर पीपीआर विरुद्वको खोप अभियान सञ्चालन गरिएको हो । पीपीआर भाइरसको सङ्क्रमणबाट बाख्रामा लाग्ने एक प्रकारको सङ्क्रामक रोग भएको र यसको रोकथामका लागि पीपीआर विरुद्धको खोप एक मात्र उपाय भएको घिमिरेले बताउनुभयो । भारतसँग सीमा जोडिएका क्षेत्र, सडक करिडोर क्षेत्रमा खोप अभियानलाई प्राथमिकता दिइएको थियो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवाद चलिरहेकै बेला पार्टी

फर्शुराम भुर्तेल । पर्वतको पैयुमा श्रद्धान्जली सभा सम्पन्न गरीएको छ । गण्डकी प्रदेश पर्वत

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै