back

मुक्तक

वि.सं.२०८१ वैशाख २२ शनिवार

447 

shares
RBB AD
NTC AD

भूपाल अधिकारी, बिराटनगर

१.
कति मेरा समीप हुनेहरूका
बत्तीझैँ धिपधिप हुनेहरूका
विचार छन् साँघुरा सडकझैँ
दिमागमा पिप हुनेहरूका ।

२.
खुम्चेर करङ झैँ बन्द छातामा
सुकेर माछा झैँ जस्ता पातामा
पिसिरहेको छ मेरो जिन्दगानी
एक लाटाले घुमाएको जाँतामा ।

३.
जिउँदो हुन्जेल उनिनुपर्छ कात्रोको धागो बनेर
सधैं भाँच्चिनु पर्छ सुकेको रूखको हाँगो बनेर
हे दाउरा ठानी मलाई साँझ बिहान जलाउने हो
मैले जल्नुपर्छ तिम्रै निम्ति चुलाको आगो बनेर ।

४.
जिन्दगी हैन रहेछ कौडाझैँ न त तास न त जुवाझैँ
थिच्चिँने कहिले किच्चिँने डसना भित्रको रुवाझैँ
खर सरी मेरो जीवनमा माया आगोसरी बनेपछि
तिम्रो प्रेमले बनायो सल्किरहेको चुरोटको धुवाँझैँ ।

५.
पिरामिड भित्रको मम्मीझैँ एक जिउँदो लास हौँ
हर यन्त्र मानव ब्याउने मान्छेहरूको इतिहास हौँ
जस्तो नि आकृति बनाउँछ चित्रकारले तिमी माथि
किनकी तिमी काठको खुट्टा भएको क्यानभास हौँ ।

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:१३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : म महिला

कविता : म महिला

कोपिला वर्देवा,काठमाडौं  सृष्टिमा मेरो पाहिलो पहिचान महिला भगवानले सृष्टि चलाउन...

लघुकथाः नसोचेको खुसी

लघुकथाः नसोचेको खुसी

मुरारीराज मिश्र, कुमारीगाल, काठमाडौं ‘परेको बेलामा यसो सघाइपघाइ होला कि...

चारु

चारु

टंक चन्द ठकुरी दाङ्ग तुलसीपुर, हाल–अमेरीका मान्छेहरू पिर पर्नुको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था), रुपन्देही भिरेर हिउँको सपक्क फेटा सधैँ बसेको...

गजल

गजल

उत्तम विचार, नुवाकोट म शृङ्गार टीका हुँ गाजल म तिम्रै...

मुक्तक

मुक्तक

गोठालो काशिराम आछाम, हाल भारत १. हावाहुरी जस्तै गरि आउनेको,...