back

कविता : पोखरीमा नुहाऊँ

वि.सं.२०८१ वैशाख २२ शनिवार

585 

shares
RBB AD
NTC AD

कल्पना भट्टराई, काठमाडौं

अलङ्कारले शोभिएकी परीझैँ
लगातार बग्ने नदी निर्झरीझैँ
बनी पुष्प यो बाटिकामा सुहाऊँ
डुबी छन्दको पोखरीमा नुहाऊँ ।१।

पसी सिन्धु भित्रै झिकूँ रत्न हीरा
म फालूँ किरा सर्प बिच्छी पतेरा
छरी स्वेद धारा म माटो भिजाऊँ
डुबी छन्दको पोखरीमा नुहाऊँ ।२।

म बालूँ सदाचार, संज्ञान ज्योति
टिपूँ छन्दबाटै म सद्भाव मोती
नयाँ सिर्जनाले धरा यो सजाऊँ
डुबी छन्दको पोखरीमा नुहाऊँ ।३।

स्वयंभित्रको भाव गङ्गा बहाई
उनूँ सूत्रमा शब्द माला बनाई
खुला भावना कल्पनामा नचाऊँ
डुबी छन्दको पोखरीमा नुहाऊँ ।४।

अहा! मालिनी शालिनी स्रग्धरामा
यिनै छम्छमाऊन् कलामा गलामा
बसी वृक्षका फेदमा गीत गाऊँ
डुबी छन्दको पोखरीमा नुहाऊँ ।५।

छन्द : भुजङ्गप्रयात
गण : य य य य
सङ्केत : lSS lSS lSS lSS

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:१५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : म महिला

कविता : म महिला

कोपिला वर्देवा,काठमाडौं  सृष्टिमा मेरो पाहिलो पहिचान महिला भगवानले सृष्टि चलाउन...

लघुकथाः नसोचेको खुसी

लघुकथाः नसोचेको खुसी

मुरारीराज मिश्र, कुमारीगाल, काठमाडौं ‘परेको बेलामा यसो सघाइपघाइ होला कि...

चारु

चारु

टंक चन्द ठकुरी दाङ्ग तुलसीपुर, हाल–अमेरीका मान्छेहरू पिर पर्नुको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था), रुपन्देही भिरेर हिउँको सपक्क फेटा सधैँ बसेको...

गजल

गजल

उत्तम विचार, नुवाकोट म शृङ्गार टीका हुँ गाजल म तिम्रै...

मुक्तक

मुक्तक

गोठालो काशिराम आछाम, हाल भारत १. हावाहुरी जस्तै गरि आउनेको,...