back

कविता : अन्तिम गीत

वि.सं.२०८१ वैशाख २२ शनिवार

639 

shares
RBB AD
NTC AD

बाबुराम न्यौपाने, दमक, झापा

सगरमाथाको कञ्चन पानी
पहाडी नागबेली घुम्ती छिचोलेर
समुद्रको
नुनिलो पानीमा मिसिन्छ
अनि हुन्छ
यी कञ्चन जलकणहरुको
गुणमा परिवर्तन
यही समुद्री
छालहरुको सुसाईमा
हजारौं झरना नदीहरुको
मिश्रित संगीत भरेर
समुद्र
संसारको कालजयी गीत
दुनियाँलाई सुनाइरहेको हुन्छ।

यी अद्भुत गीतका
तिलस्मि रागहरुमा
अनेक गायक गायिकाले
कलाको क्यानभासमा
रङ र अक्षरमा आकार भरेर
रचिरहेका हुन्छन्
सम्पूर्ण मानवजातिको नयाँ गीत ।

युगौंदेखि मेरा कानमा
गुञ्जिरहेका नयाँ गीतहरुमा
म खोजिरहेको छु
सिर्जनाको अन्तिम गीत
तर
भित्र कतै लागिरहेको छ
कोही कसैले पनि
त्यो अन्तिम गीत
कहिल्यै गाउँन नसकोस्
म कदापि चाहन्न
सृष्टिमा
मौलिक सिर्जनाको अन्त्य होस्।

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:२२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : म महिला

कविता : म महिला

कोपिला वर्देवा,काठमाडौं  सृष्टिमा मेरो पाहिलो पहिचान महिला भगवानले सृष्टि चलाउन...

लघुकथाः नसोचेको खुसी

लघुकथाः नसोचेको खुसी

मुरारीराज मिश्र, कुमारीगाल, काठमाडौं ‘परेको बेलामा यसो सघाइपघाइ होला कि...

चारु

चारु

टंक चन्द ठकुरी दाङ्ग तुलसीपुर, हाल–अमेरीका मान्छेहरू पिर पर्नुको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था), रुपन्देही भिरेर हिउँको सपक्क फेटा सधैँ बसेको...

गजल

गजल

उत्तम विचार, नुवाकोट म शृङ्गार टीका हुँ गाजल म तिम्रै...

मुक्तक

मुक्तक

गोठालो काशिराम आछाम, हाल भारत १. हावाहुरी जस्तै गरि आउनेको,...