back

आचारसंहिता उल्लङ्घन गर्ने शिक्षकविरुद्ध उजुरी दर्ता

वि.सं.२०७४ वैशाख २६ मंगलवार

447 

shares
IME Limited
NTC AD

२६ वैशाख,डोल्पा  । निर्वाचन आचारसंहिता विपरीत चुनाव प्रचार गरेको भन्दै यहाँका छजना शिक्षकविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

नेकपा (एमाले) समर्थक शिक्षक सङ्गठनका आबद्ध रहेका बलभद्र प्राविका शिक्षक केशव थापा, सोही विद्यालयका चन्द्र बुढा, ज्योति प्राविका गङ्गाबहादुर बुढा, त्रिपुरा माविका प्रअ कृष्णबहादुर बोहोरा र हिमज्योति प्राविका प्रअ तुलबहादुर बिष्ट र धुव्रतारा प्राविका शिक्षक शेरबहादुर बुढाविरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको हो ।

नेपाल शिक्षक सङ्गठनमा आबद्ध ती शिक्षकले विद्यालयको समयमा पढाउन छाडेर खुलारुपमा एमालेका उम्मेदवारको पक्षमा भोट माग्दै चुनावी सभामा सहभागी भएको भन्दै कारबाही गरिपाऊँ भनी माओवादी केन्द्रका कार्यकर्ता जयबहादुर रोकायले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा यही वैशाख २४ मा किटानी उजुरी दिएका हुन् । रोकाय डोल्पो क्याम्पस डोल्पाका स्ववियु सभापतिसमेत हुन् ।

मुख्य निर्वाचन अधिकृत सनतकुमार लवर्टका अनुसार आरोपित शिक्षकलाई कारबाही किन नगर्ने भन्ने सम्बन्धमा प्रारम्भिक प्रक्रियाअन्तर्गत जिल्ला शिक्षा कार्यालयमार्फत स्पष्टीकरण मागिएको छ । आयोगलाई चित्तबुझ्दो कारण खुलाउन नसकेको खण्डमा तथा निवेदक रोकायले आवाश्यक प्रमाण जुटाउन सकेकामा शिक्षक पदबाट निलम्बनका लागि सिफारिस गरिनेसमेत मुख्य निर्वाचन अधिकृत लवर्टले बताउनुभयो । रासस

वि.सं.२०७४ वैशाख २६ मंगलवार १२:४६ मा प्रकाशित

बिरुवा गाउँसभाको १७औँ अधिवेशन : भौतिक पूर्वाधारमा सबैभन्दा धेरै बजेट

बिरुवा गाउँसभाको १७औँ अधिवेशन : भौतिक पूर्वाधारमा सबैभन्दा धेरै बजेट

स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकाले गाउँसभाको १७ औं अधिवेशन सम्पन्न...

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु

किएभ । उत्तरपूर्वी सहर सुमी नजिकै रुसी ड्रोन हमलामा पाँच...

‘लालीबजार’ मा स्वस्तिमा

‘लालीबजार’ मा स्वस्तिमा

काठमाडौँ । ‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको ब्यानर षट्कोण आट्र्सले निर्माण...

उपलब्ध स्रोतको सीमामा रहेर बजेट विनियोजन गरिएको होः गृहमन्त्री लेखक

उपलब्ध स्रोतको सीमामा रहेर बजेट विनियोजन गरिएको होः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले उपलब्ध स्रोतको सीमामा रहेर बजेट...

‘भिजिट भिसा प्रकरणमा संलगन कोही पनि उम्कनु हुँदैन’

‘भिजिट भिसा प्रकरणमा संलगन कोही पनि उम्कनु हुँदैन’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेता तथा...

‘भिजिट भिसा छानविन समितिले जिम्मेवारीपूर्वक काम गर्नेमा विश्वस्त’

‘भिजिट भिसा छानविन समितिले जिम्मेवारीपूर्वक काम गर्नेमा विश्वस्त’

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसा...