back

काँग्रेसले बहुमतले ल्याउने महामन्त्री कोइराला

वि.सं.२०७४ वैशाख २७ बुधवार

150 

shares
NTC AD
Global IME AD

 

२७ वैशाख, नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्थानीय तहको निर्वाचनमा सबै स्थानमा नेपाली काँग्रेसले बहुमतले ल्याउने दाबी गर्नुभएको छ ।

आफ्नो निर्वाचन क्षेत्र नवलपरासी क्षेत्र नं १ का विभिन्न स्थानमा मंगलबार आयोजित चुनावी प्रचारप्रसार अभियानलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले काँग्रेसले स्थानीय तहको निर्वाचनमा बहुमत ल्याउनुको विकल्प नभएको दाबी गर्नुभयो ।

नवलपरासीको प्रदेश नं ४ मा रहेको हुप्सेकोट गाउँपालिका–३ देउरालीमा भएको चुनावी आम सभालाई सम्बोधन गर्नुहँुदै डा कोइरालाले यस्तो बताउनुभएको हो ।

सभालाई सम्बोधन गर्दै कोइरालाले उर्लंदो जनसागरले नेपाली काँग्रेसको विजय सुनिश्चित गरिसकेको बताउँदै तीव्र विकास र समृद्धिका लागि काँग्रेसलाई जिताउन मतदातालाई आग्रह गर्नुभयो ।

कावासोतीको विष्णुनगरमा आयोजित सभालाई सम्बोधन गर्दै नेता कोइरालाले संविधान जारी गरेको काँग्रेसले अब जनताको घरघरमा सिहंदरबारको अधिकार सुम्पिन लागेको बताउनुभयो । जिल्लाको बुलिङटार, डेढगाउ, कीर्तिपुर, झयाल्बास, बन्दीपुर र कावासोती नगरपालिकाको विष्णुनगरमा आयोजित चुनावी सभामा सम्बोधन गर्नुभएको थियो ।

महामन्त्री कोइरालाले मंगलबारै नवलपरासीको देवचुली, बन्दीपुरलगायतका स्थानमा समेत चुनावी अभियानमा सहभागी बन्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्र रहेको नवलपरासीको क्षेत्र नं १ मा तीन दिनसम्म पार्टीको प्रचार प्रसार अभियानमा महामन्त्री कोइराला सहभागी बन्ने योजना छ । रासस

वि.सं.२०७४ वैशाख २७ बुधवार ०२:१३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कर्णालीसहित तीन प्रदेशका केहि स्थानमा मध्यम वर्षाको सम्भावना !

कर्णालीसहित तीन प्रदेशका केहि स्थानमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

आजदेखि तीन दिनसम्म नाका बन्द हुने

आजदेखि तीन दिनसम्म नाका बन्द हुने

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका तीन दिन...

गण्डकीमा आज सार्वजनिक बिदा

गण्डकीमा आज सार्वजनिक बिदा

कास्की । गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले...

बसाइँ-सराइको प्रभावले वनजंगलमा डढेलो लाग्ने क्रम बढ्दो

बसाइँ-सराइको प्रभावले वनजंगलमा डढेलो लाग्ने क्रम बढ्दो

बलेवा (बागलुङ) । डोकोभरि स्याउला बोकेर जङ्गल हुँदै घर हिँडेका...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, यी दुई कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, यी दुई कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...