Logo
२ माघ २०७८, आईतवार
     Sun Jan 16 2022
E-paper
  English Edition
   Unicode
Logo

लेखनाथ महानगरपालिकामा कांग्रेस माओवादी केन्द्र तालमेल



२७ वैशाख, पोखरा । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) कास्कीले पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख पदमा काँग्रेसका उम्मेदवार रामजी कुँवरलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा काँग्रेस र माओवादी केन्द्रबीच केन्द्रीयस्तरमा भएको सहमतिअनुरुप महानगरपालिकामा माओवादी केन्द्रका तर्फबाट प्रमुख पदका उम्मेदवार विश्वप्रकाश लामिछानेले उम्मेदवारी फिर्ता गरिसकेका कारण दुवै पार्टीले संयुक्तरुपमा काँग्रेसका उम्मेदवार कुँवरलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

काँग्रेस कास्कीका सभापति कृष्ण केसी र माओवादी केन्द्र कास्कीका संयोजक दीपक कोइरालाले संयुक्तरुपमा विज्ञप्ती जारी गरी पार्टी केन्द्रको सहमतिअनुसार प्रमुख पदको उम्मेदवारी फिर्ता लिएकामा माओवादी केन्द्रका नेता लामिछानेलाई धन्यवाद व्यक्त गर्दै संयुक्त उम्मेदवारका रुपमा कुँवरलाई विजयी गराउने बताउनुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

लालबहादुर ढेंगा, दुबई, युएई । राहदानी बिभागले हाल बिद्युतीय राहदानी (भ(एबककउयचत) जारी गर्ने कार्यको

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक ऋषि कट्टेललाई पार्टीको केन्द्रीय सचिवालयको बैठकले

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्र चर्को लफडा शुरु भएको छ । नेकपा निकट एक