back

महिलालाई आत्मनिर्भर बनाउँदै नगरपालिका

वि.सं.२०८१ वैशाख २८ शुक्रवार

282 

shares
RBB AD
NTC AD

रामपुर (पाल्पा) । रामपुर नगरपालिकाले महिलालाई लक्ष्यित गरी सीप विकासमा जोड दिएको छ । आर्थिक रूपमा महिलालाई आत्मनिर्भर बनाउन नगरपालिकाले विभिन्न विविध सीप सिकाइरहेको छ ।

नगरपालिका क्षेत्रका ४७ महिलालाई हातेझोला, टोपी, पर्सलगायत सामग्री तयार पार्ने सीप सिकाइरहेको छ । गाउँघरमा खेर जाने वस्तुको सदुपयोग गर्दै विभिन्न सामग्री तयार पार्ने सीप थालनी गरेपछि उत्साहका साथ महिला तालिममा जुटेका छन् ।

थाकलको पात र मकैका खोस्टाबाट हातेझोला, टोपी, पर्सलगायतका विभिन्न सामग्री तयार पार्ने सीप सिकाउन थालिएको नगरपालिकाका उपप्रमुख बालकुमारी थापा बताउँछन् । “स्थानीय वस्तुको उपयोग होस् कच्चा पदार्थ बाहिरबाट खरिद गर्न नपरोस्, गाउँघरमा नै फालिएका वस्तुको समुचित प्रयोग गरेर आकर्षक सामग्री तयार पारी यसबाट राम्रो आयआर्जन लिन सकिन्छ भन्ने मनसायले सीप विकासमा जोड दिएका छौँ”, उनले भने ।

रामपुर नगरपालिकाको आयोजनामा ओम राजश्री मल्टी एग्रोको प्राविधिक सहयोगमा प्राकृतिक रेशाजन्य वनस्पतिको पोस्करबाट यहाँ एकमहिने हस्तकलाका विभिन्न सामग्री उत्पादनसम्बन्धी तालिम थालनी भएको छ । रामपुर नगरप्रमुख रमणबहादुर थापा महिलालाई सक्षम बनाउँदै उनीहरूको आयस्रोत उकास्न विभिन्न सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिएको बताउँछन् ।

“सीप भयो भने जुन ठाउँमा रहेर पनि आयआर्जन गर्न सकिन्छ, आफू खाली बस्नु पर्दैन, बिक्रीका लागि बजार विस्तार भइरहेको छ”, नगरप्रमुख थापाले भने, “स्थानीय वस्तुबाट विभिन्न सामग्री तयार पार्न सकिने हुँदा गाउँघर, वनमा पाइने विभिन्न वस्तुको भरपुर उपयोग गरेर गज्जबको आम्दानी गर्न सकिन्छ ।” उनले स्वदेशी उत्पादन र वातावरणमैत्री उत्पादनमा बढावा दिन आवश्यक रहेको बताए । स्थानीय उत्पादनलाई नगर सरकारले कोसेलीबाट बजारीकरणको व्यवस्था गरिदिने भएकाले सीप सिकेर सामग्री उत्पादनमा जोड दिन नगरप्रमुख थापाको अनुरोध छ ।

ओम राजश्री मल्टी एग्रोका कार्यकारी निर्देशक युवराज गैरेले महिलाले आफूले सीप सिकेर उत्पादन गरेको सामग्री बजारीकरणको सम्पूर्ण व्यवस्था संस्थाले गर्ने प्रतिबद्धता व्यक्त गरे ।

रामपुर नगरपालिकाले यसअघि आयोजना गरेको साबुन, आलु चिप्स, स्वेटर बुन्ने, सिलाइकटाइलगायत तालिमबाट यहाँका अधिकांश महिला उद्यमी भएका छन् ।
रासस/सांकेतिक फोटो

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १०:३० मा प्रकाशित

NLIC AD
NABIL bank AD
जेठ सातमा राष्ट्रिय संयुक्त संघर्ष समितिको प्रदर्शन

जेठ सातमा राष्ट्रिय संयुक्त संघर्ष समितिको प्रदर्शन

काठमाडौं । राष्ट्रिय संयुक्त संघर्ष समितिले आगामी जेठ सातमा जन...

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण...

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुर । जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमाआज बिहान सवारी दुर्घटना...

व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले...

सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

डोल्पा । त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा...

उत्पादन बढाउने उद्धेश्यले गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

उत्पादन बढाउने उद्धेश्यले गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

गोरखा । जिल्लाको गण्डकी गाउँपालिका–५ का १९ जना किसानलाई ५०...