back

के तपाई पनि गुन्द्रुक खानुहुन्छ ? हेर्नुहोस यस्ता छन् फाइदा…

वि.सं.२०८१ वैशाख २८ शुक्रवार

510 

shares
RBB AD
NTC AD

काठमाडौँ । वर्तमान समयमा नेपालीहरुको लोकप्रिय तरकारीको रुपमा गुन्द्रुक अग्रह स्थनामा रहेको पाईन्छ । कुनै समय छाक टार्नको लागि मात्र प्रयोग गरिने गुन्द्रुकको तरकारी अहिले साना देखि ठूला रेष्टुरेन्ट तथा होटलहरुमा पैसा तिरेर खाने गरेको पाइन्छ । गुन्द्रुक र कोदाको ढिडोलाई पौष्टिक आहारको रुपाम पनि लिन सकिन्छ ।

अझै गुन्द्रुक र कोदाको ढिडो त कमै होटल तथा रेष्टुरेण्टमा पाइन्छ जसको मूल्य धेरै हुन्छ । पैसा तिरी तिरी गुन्द्रक खाएको पनि हामी बेला बोलामा सुन्ने गरेका छौ । परम्परागत खानाको रुपमा रहेको गुन्द्रको र कोदाको ढिडोलाई त नेपालको राष्ट्रिय खानाको रुपमा पनि नेपाली नागरिकहरुले लिएको पाईन्छ ।

अधिकांसा नेपालीले जाडो महिनामा गुन्द्रुकको तरकारीलाई रुचाउने गरेको पाइन्छ । सहज र सरल तरिकाले बनाउन सकिने गुन्द्रुकमा ४८ प्रतिशत कार्बोहाइडेट, ४९ प्रतिशत प्रोटिन र ३ प्रतिशत चिल्लो पदर्थ रहेको छ । बनाउन देखि पकाउन पनि सजिलो हुने गुन्द्रकको तरकारी स्वादिष्ट हुन्छ ।

गुन्द्रक खादा हामीलाई धेरै कुरामा फाइदा गर्छ । गुन्द्रुक हिमाली तथा पहाडी भेगमा अझ बढी लोकप्रिय रहेको पाईन्छ । जाडो महिनामा गुन्द्रुक खादा कोल्ड लु लाग्न बाट बच्न सकिन्छ । त्यसैकारणले गर्दा पनि जाडो महिनामा नेपालीहरु गुन्द्रक खान बढी रुचाउँछन् । साथै गुन्द्रक आफैमा एउटा अर्गानिक तरकारी रहेकोले यस्ले विभिन्न खालका दीर्घकालिन रोग लाग्नबाट बचाउनुका साथै कति प्राय रोगलाई नियन्त्रण तथा कम गाराउन पनि ठूलो भुमिका खेल्ने डाक्टरहरको भनाई छ ।

यस्तो छ गुन्द्रुक खानुको फाईदा
गुन्द्रुकको प्रयोग गर्दा आँखालाई धेरैमात्रमा फाईदा हुने गर्छ । आँखा कमजोर भएका मानिसले गुन्द्रुकको प्रयोग गर्दा भिजनका लागि अति उपयोगी मानिन्छ । यसले आँखा चिलाउने, दुख्ने, सुख्खा हुने समस्यालाई कम गर्दै लैजानुका साथै आँखामा हुने अल्सरको सम्भावनालाई पनि कम गर्छ । स्मरणशक्ति कम हुनेहरुले रायोको गुन्द्रुक सेवन गर्दा स्मरणशक्तिमा समेत पनि राम्रो प्र्रभाव पार्दछ । किनकी यसले स्मरणशक्ति बढाउनको लागि पनि सहयोग पु¥याउँछ ।

गुन्द्रुकको प्रयोग गर्दा कोलस्ट्रोलको समस्या घटाउनको लागि भूमिका खेल्छ । शरीरका हड्डीहरुलाई मजबुत बनाउनको लागि पनि गुन्द्रुक सेवन गर्दा राम्रो मानिन्छ । गुन्द्रुकले कोल्ड लुबाट बचाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यसैले गर्दा पनि नेपालीहरुले बढी मात्रमा गुन्द्रुका मनपाराउने गरेको पाइन्छ । तौल बढी भएका मानिसहरुकालागि गुन्द्रुकले धेरै फाईदा पुर्याउँछ ।नियमित सेवन गर्दा तौल घटाउनमा मद्दत पुग्छ । यसले क्यान्सको सम्भावनालाईसमेत कम गर्ने काम गर्छ ।

यस्तो फाइदा हुने भएकाले अहिलो नेपाली मात्र नभई विदेशीहरुले नि खाने गरेको पाईन्छ । साथै आफ्नो देश फर्किदा कोेसेलीको रुपमा गुन्द्रुक नेपालदेखि लिएर गएको पनि बेला बेला सुनिन्छ ।

 

 

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:४४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
देवचुली पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा

देवचुली पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को देवचुली नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता...

आठ लाख बढीलाई हात्तीपाइले रोगविरुद्धको औषधि

आठ लाख बढीलाई हात्तीपाइले रोगविरुद्धको औषधि

बनियानी (झापा) । झापामा आठ लाख चार हजार सात सय...

जालपामा ‘जनसेवा नगर अस्पताल’ स्थापना

जालपामा ‘जनसेवा नगर अस्पताल’ स्थापना

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा...

कोरोनाकालमा अनलाइनमार्फत कक्षा लिएकालाई काउन्सीलले मान्यता दिने

कोरोनाकालमा अनलाइनमार्फत कक्षा लिएकालाई काउन्सीलले मान्यता दिने

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले कोरोना महामारीको समयमा नेपालमा बसेर...

बिदा लिएर निजी अस्पतालमा गइ काम गर्नेलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी

बिदा लिएर निजी अस्पतालमा गइ काम गर्नेलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवम्...

गमगढीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

गमगढीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

सिमकोट (हुम्ला) । मुगुको गमगढीमा बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना...