back

प्रथम बालटुक्का कविता सङ्ग्रह ‘वर्ण टुक्कामाला’ को लोकार्पण

वि.सं.२०८१ वैशाख २८ शुक्रवार

915 

shares
RBB AD
NTC AD

चितवन । अमर ज्योति इ.स्कुल, भरतपुर–६ अमरवस्तीको आयोजनामा टुक्काकार इन्दु श्रेष्ठको प्रथम कृति ‘वर्ण टुक्कामाला’ को लोकार्पण भएको छ ।

बैशाख २८ गते आयोजित उक्त कार्यक्रम विद्यालय व्यवस्थापक कृष्ण बहादुर भण्डारीको अध्यक्षता तथा विशिष्ट अथिति साहित्यकार यमनाथ शर्मा, अतिथिहरू प्राचार्य चिरञ्जीवी पौडेल तथा लायन्स क्लब वाङ्गमय सदस्य साहित्यकार मीरा तिमिल्सिना, शिक्षक, विद्यार्थी तथा साहित्यकारहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि यमनाथ शर्माले वर्ण टुक्कामाला दुई हरफका बाल कविताहरूको माध्यमबाट अक्षर चिन्न शुरु गर्ने सानो कक्षाका विद्यार्थीहरूका लागि उपयोगी पुस्तक भएको बताए । उनले उक्त टुक्कामाला देशभरीको विद्यालयहरूमा पुर्याउन र पाठ्यपुस्तकको रुपमा समावेश गर्न उपयुक्त भएको बताए ।

प्राचार्य चिरञ्जीवी पौडेलले वर्ण टुक्कामाला भित्र रहेका टुक्का कविता र चित्रको माध्यमबाट अक्षर बुझाउन र बुझ्न सहज हुने कुरा व्यक्त गरेका थिए । त्यस्तै साहित्यकार मिरा तिमिल्सिनाले दुई हरफमा लेखिने टुक्का कविताको माध्यमबाट वर्ण चिनाउन सकिने उत्कृष्ट पुस्तक तयार भएकोमा खुसी व्यक्त गर्दै विद्यालयहरूले यसलाई पाठ्यपुस्तकका रुपमा समावेश गर्नु उचित हुन कुरामा जोड दिएका थिए ।

कार्यक्रमको समापन गर्दै सभापति भण्डारीले वर्ण टुक्कामाला दुई लाइनका कविता र चित्रको माध्यमले अक्षर चिनाउन अति उपयोगी भएको हुँदा नर्सरी कक्षामा अक्षर चिनाउनको लागि समावेश गर्न उचित देखिएको भन्दै सर्जक शिक्षक इन्दु श्रेष्ठलाई हार्दिक बधाई ज्ञापन गरेका थिए ।

बिहान ११ः३० बजेबाट शुरु भएर करिब १ घण्टा सञ्चालन भएको उक्त कार्यक्रम इ सि ए शिक्षक कृष्ण ढकालले सञ्चालन गरेका थिए ।

 

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २०:४१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : म महिला

कविता : म महिला

कोपिला वर्देवा,काठमाडौं  सृष्टिमा मेरो पाहिलो पहिचान महिला भगवानले सृष्टि चलाउन...

लघुकथाः नसोचेको खुसी

लघुकथाः नसोचेको खुसी

मुरारीराज मिश्र, कुमारीगाल, काठमाडौं ‘परेको बेलामा यसो सघाइपघाइ होला कि...

चारु

चारु

टंक चन्द ठकुरी दाङ्ग तुलसीपुर, हाल–अमेरीका मान्छेहरू पिर पर्नुको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था), रुपन्देही भिरेर हिउँको सपक्क फेटा सधैँ बसेको...

गजल

गजल

उत्तम विचार, नुवाकोट म शृङ्गार टीका हुँ गाजल म तिम्रै...

मुक्तक

मुक्तक

गोठालो काशिराम आछाम, हाल भारत १. हावाहुरी जस्तै गरि आउनेको,...