back

छन्दको संरक्षण गर्दै छन्द सङ्गम,७० औँ श्रृङ्खला सम्पन्न

वि.सं.२०८१ वैशाख २९ शनिवार

396 

shares
RBB AD
NTC AD

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित मासिक कार्यक्रम अन्तर्गत ७० औँ श्रृङ्खला छन्द संगम कार्यक्रम सम्पन्न गरेको छ ।

परिषदको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा परिषद् दाङ साखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता, वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैँयाको प्रमुख आतिथ्यता तथा वरिष्ठ साहित्यकार गणेश विषमको विशिष्ट आतिथ्यतामा रहेको थियो ।

वर्तमान समयमा छन्द कविता लेख्ने परम्परा हराउँदै गएको परिपे्रक्षमा राप्ती साहित्य परिषद् दाङ शाखाले त्रैमासिक रूपमा छन्द संगम कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा दाङका उल्लेखित मात्रामा छन्दमा कलम चलाउने तथा अरू विधामा कलम चलाउने साहित्यकारहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वरिष्ठ साहित्यकार नारायण नेपाल, राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार साहित्यकार कमलमणि देवकोटा, मोहन दाहाल, हरिप्रसाद पौडेल ‘स्वर्णशिखा’, प्रगतिशील लेखक सङ्घ दाङ शाखाका कोषाध्यक्ष चन्द्रबहादुर थापा वीणा रोका, नारद प्रसाद भण्डारी, सुरेश कुमार पाण्डे, दामोदर पौडेल, महेश कुमार न्यौपाने, नगेन्द्र गुरु लगायतका कविहरूले छन्दका कविता वाचन गरेका थिए ।
सो अवसरमा राप्ति साहित्य परिषद् केन्द्रका अध्यक्ष डा. टीकाराम उदासी तथा सिस्नुपानी नेपाल दाङका अध्यक्ष डा. लोकराज पराजुलीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

विशिष्ट अतिथिको रूपमा रहेका वरिष्ठ साहित्यकार विषमले आफ्नो रचना वाचनसहित हराउँदै गएको छन्द कवितालाई छन्द संगमले मलजल गर्ने काम गरेको बताएका थिए ।

त्यसैगरी प्रमुख अतिथि मजगैयाँले रचना वाचनसहित छन्द प्रशिक्षणका साथै छन्दबारे विशेष वहस कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गरेका थिए ।

वि.सं.२०८१ वैशाख २९ शनिवार ०७:३९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : म महिला

कविता : म महिला

कोपिला वर्देवा,काठमाडौं  सृष्टिमा मेरो पाहिलो पहिचान महिला भगवानले सृष्टि चलाउन...

लघुकथाः नसोचेको खुसी

लघुकथाः नसोचेको खुसी

मुरारीराज मिश्र, कुमारीगाल, काठमाडौं ‘परेको बेलामा यसो सघाइपघाइ होला कि...

चारु

चारु

टंक चन्द ठकुरी दाङ्ग तुलसीपुर, हाल–अमेरीका मान्छेहरू पिर पर्नुको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था), रुपन्देही भिरेर हिउँको सपक्क फेटा सधैँ बसेको...

गजल

गजल

उत्तम विचार, नुवाकोट म शृङ्गार टीका हुँ गाजल म तिम्रै...

मुक्तक

मुक्तक

गोठालो काशिराम आछाम, हाल भारत १. हावाहुरी जस्तै गरि आउनेको,...