back

राजदूतले मध्यपूर्वमा युक्रेन युद्धबारे वार्ता गरेको चीनको भनाइ

वि.सं.२०८१ वैशाख २९ शनिवार

717 

shares
RBB AD
NTC AD

बेइजिङ ।  युरेसियाका लागि चीनका राजदूतले युक्रेन युद्धमा नरम कूटनीतिको तेस्रो चरण पूरा गरेको आफूलाई युद्धमा मध्यस्थकर्ताका रूपमा स्थापित गर्न खोजेको बेइजिङले शुक्रबार बताएको छ ।

युक्रेन युद्धमा तटस्थ पक्ष भएको दाबी गर्ने चीनले कहिल्यै पनि रुसको आक्रमणको निन्दा गरेको छैन भने संयुक्त राज्य अमेरिकाले बेइजिङको समर्थनबिना मस्कोले आफ्नो युद्धलाई निरन्तरता दिन सङ्घर्ष गर्ने बताएको छ ।

मे ३ देखि ९ सम्मको आफ्नो टर्कीए, इजिप्ट, साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा राजदूत ली हुईले त्यहाँका कूटनीतिज्ञहरूलाई भेटेर सबै पक्षसँग ‘सीधा वार्ता पुनः सुरु गर्ने अवस्था सिर्जना’ गर्न आह्वान गरेको चीनको विदेश मन्त्रालयले विज्ञप्तिमा बताएको छ ।

यसै वर्षको प्रारम्भमा उनले युद्धमा मध्यस्थताका लागि बेइजिङको पहलअन्तर्गत रुस, युक्रेन र युरोपेली सङ्घ (इयु) का मुलुकहरूको भ्रमण गरेका थिए । “युक्रेन सङ्कटका बारेमा चीनले सबै पक्षसँग विचारहरूको गहन आदानप्रदान गरेको छ र सबै पक्ष परिस्थितिलाई शान्त पार्ने चीनको प्रस्तावहरूमा सहमत भएका छन्”, पछिल्लो भ्रमणका बारेमा विदेश मन्त्रालयलको विज्ञप्तिमा भनिएको छ ।

राजदूत लीले ग्यास पाइपलाइन र ऊर्जा सुविधाजस्ता ‘प्रमुख पूर्वाधार संरचनाको सुरक्षा’ का साथै विश्वव्यापी आपूर्ति शृङ्खलाको स्थिरता कायम राख्न मानवीय सहायता र अन्तर्राष्ट्रिय सहयोगका लागि पनि आग्रह गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

भ्रमणअघि लीले ब्राजिल, दक्षिण अफ्रिका, इन्डोनेसिया र कजाकिस्तानसहित अन्य मुलुकका अधिकारीहरूसँग पनि वार्ता गर्नुभएको विज्ञप्तिमा बताइएको छ । “सबै पक्ष सञ्चार र समन्वय कायम राख्न सहमत भएका छन्, साथै परिस्थितिलाई शान्त बनाउने प्रयासका लागि अन्तर्राष्ट्रिय समुदायको समर्थनलाई स्वागत गरेका छन्”, विज्ञप्तिमा उल्लेख छ ।

चीन र रुसले हालका वर्षहरूमा आर्थिक सहयोग र कूटनीतिक सम्पर्क बढाएका छन् र युक्रेनमा आक्रमणपछि उनीहरूबीचको रणनीतिक साझेदारी घनिष्ठ भएको छ ।(रासस/एएफपी

वि.सं.२०८१ वैशाख २९ शनिवार ०८:१२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जेठ सातमा राष्ट्रिय संयुक्त संघर्ष समितिको प्रदर्शन

जेठ सातमा राष्ट्रिय संयुक्त संघर्ष समितिको प्रदर्शन

काठमाडौं । राष्ट्रिय संयुक्त संघर्ष समितिले आगामी जेठ सातमा जन...

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण...

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुर । जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमाआज बिहान सवारी दुर्घटना...

व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले...

सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

डोल्पा । त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा...

उत्पादन बढाउने उद्धेश्यले गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

उत्पादन बढाउने उद्धेश्यले गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

गोरखा । जिल्लाको गण्डकी गाउँपालिका–५ का १९ जना किसानलाई ५०...