back

कविता : मनको अँध्यारो

वि.सं.२०८१ वैशाख २९ शनिवार

414 

shares
RBB AD
NTC AD

हरि पौडेल,नेदरल्याण्ड

अंधकार भयानक हुन्छ
डरलाग्दो हुन्छ
तर शक्तिशाली हुदैन
जुनकिरीमा पनि
अंधकारसंग लड़ने
शक्ति हुदो रहेछ
अस्ताएको सूर्य
भोली फेरि उदाउँछ
अनि फेरी अस्ताउँछ
अँध्यारो नभए
उज्यालोको
के महत्व हुन्थ्यो होला
मनको अँध्यारो
अति भयानक देखिन्छ
तर साह्रै दुर्बल हुन्छ
दियोको मुन्तिर पनि
अँध्यारो
न भएको हो र
आफ्नै भित्र भएको
कस्तूरी खोजी हिड्नु
बुद्विमानी होइन
आफैमा नियालेर हेर
कस्तूरी पनि त्यही छ
अनि
अँध्यारोलाई
छिद्र पार्ने
प्रकाश पनि त्यही छ

 

वि.सं.२०८१ वैशाख २९ शनिवार ०८:५६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : म महिला

कविता : म महिला

कोपिला वर्देवा,काठमाडौं  सृष्टिमा मेरो पाहिलो पहिचान महिला भगवानले सृष्टि चलाउन...

लघुकथाः नसोचेको खुसी

लघुकथाः नसोचेको खुसी

मुरारीराज मिश्र, कुमारीगाल, काठमाडौं ‘परेको बेलामा यसो सघाइपघाइ होला कि...

चारु

चारु

टंक चन्द ठकुरी दाङ्ग तुलसीपुर, हाल–अमेरीका मान्छेहरू पिर पर्नुको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था), रुपन्देही भिरेर हिउँको सपक्क फेटा सधैँ बसेको...

गजल

गजल

उत्तम विचार, नुवाकोट म शृङ्गार टीका हुँ गाजल म तिम्रै...

मुक्तक

मुक्तक

गोठालो काशिराम आछाम, हाल भारत १. हावाहुरी जस्तै गरि आउनेको,...