back

तनहुँ जलविद्युत् प्रभावितलाई मुआब्जा वितरण

वि.सं.२०७४ वैशाख २७ बुधवार

702 

shares

२६ वैशाख, दमौली  । तनहुँको व्यास नगरपालिका–५ पाटनमा निर्माण हुने १४४ मेगावाट क्षमताको तनहँु जलविद्युत् आयोजनाका प्रभावित बसिन्दालाई रु ३२ करोड ९५ लाख चारहजार ८७१ मुआब्जा वितरण गरिएको छ । १७० जना प्रभावितलाई सो रकम मुआब्जा वितरण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय तनहुँकी लेखापाल राधिका गौतमले प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा दिने काम भइरहेको बताउनुभयो । जग्गाको अवस्था हेरेर प्रतिरोपनी रु दुई लाखदेखि रु आठ लाखसम्म मुआब्जा दिइएको जानकारी उहाँले दिनुभयो ।

आयोजनाको बाँधस्थल साबिक काहुँ शिवपुर, जामुने, कोटदरबार, रिसिङ, रानीपोखरी, भिमादलगायत गाविसका बासिन्दालाई मुआब्जा उपलब्ध गराइएको बताइएको छ ।

त्यस क्षेत्रका बासिन्दाका लागि रु ६५ करोड ७० लाख मुआब्जा वितरण गरिने प्रजिअ फणिन्द्रमणि पोख्रेलले बताउनुभयो । आयोजनाले एक हजार २५० रोपनी जग्गाका धनीलाई मुआब्जा रकम वितरण गर्ने जनाएको छ ।

आयोजनाले ४ वर्षअघि झापुटारका प्रभावित क्षेत्रका बासिन्दालाई प्रतिआना रु एक लाखदेखि रु तीन लाखसम्म मुआब्जा दिएको थियो । त्यतिबेला आयोजनाले १३८ रोपनी जग्गा प्राप्त गर्दा रु ४२ करोड मुआब्जा वितरण गरेको जनाएको छ । रासस

वि.सं.२०७४ वैशाख २७ बुधवार ०३:४८ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपिएल० को दोस्रो संस्करणको इलिमिनेटर...

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

मन्थली । पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा...

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले नेपालका...

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

गुल्मी । यहाँ कफीखेतीको विस्तारका लागि स्थानीय पालिकाहरूले सहयोग गर्नुपर्ने...

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

काठमाडौँ । सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड...

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय...