Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

विद्युत् चोरी गर्ने १९ जना पक्राउ



२७ वैशाख, लहान  । अङकुसे लगाई विद्युत् चुहावट गर्ने १९ जनालाई मङ्गलबार पक्राउ गरी विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले कार्वाही गरेको छ ।

विद्युत् प्राधिकरण कर्मचारी र प्रहरीको संयुक्त टोलीले अनुगमनका क्रममा विद्युतीय सामग्रीसहित पक्राउ गरेका १९ जनाबाट रु ९५ हजार जरिवाना असुल गरिएको छ ।

टोलीले सिरहाको उत्तरवर्ती क्षेत्रमा रहेको लहान नगरपालिकाको बस्तीपुर, गोविन्दपुर र धनगढीमाई नगरपालिकाको विष्णुपुरकटीबाट १९ जना पक्राउ गरेको विद्युत् प्राधिकरण लहान वितरण केन्द्रका प्रमुख माधवप्रसाद यादवले जानकारी दिनुभयो ।

पक्राउ परेकाबाट खेतमा सिँचाइ गर्ने पाँचथान पानी तान्ने मोटर, पङ्खा, मेसिन, फ्रिज टिभीलगायत सामग्रीसमेत बरामद गरिएको प्रमुख यादवले बताउनुभयो । लहान इलाकामा करिब ४०.४४ प्रतिशतभन्दा बढी विद्युत् चुहावट भइरहेकाले अनुगमनमा कडाइ गरिएको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले जनाएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी