back

बेल्जियममा रहेका कलाकार तथा पत्रकार केसीको निधन

वि.सं.२०८१ वैशाख ३० आइतवार

1.1K 

shares
RBB AD
NTC AD

बेल्जियम। बेल्जियममा रहेका कलाकार तथा पत्रकार उज्ज्वल केसीको हृदयघातबाट निधन भएको समाचार छ ।

बेल्जियमको आन्त्रोपेन सहरमा श्रीमती र दुई छोरीसहित बस्दै आएका केसीको शनिबार हृदयघातबाट निधन भएको भन्दै एनआरएनए बेल्जियमकी अध्यक्ष सिता सापकोटाले दुःख व्यक्त गरेकी छन् ।

‘तपाईको बैकुण्ठ बास होस, हार्दिक श्रद्धांजली उज्वल भाइ !
हे भगवान के हुँदै छ आजभोली हाम्रो समाजमा, हप्तै पिच्छे जस्ता यस्ता घटनाले बेल्जियमको सिंगों नेपाली समुदाय स्तब्ध बनेको छ, एउटा घटना सेलाउन नपाउँदै फेरि अर्को यो दुःखद घटनाले मर्माहत मात्रै हैन धेरै पीडा दिएको छ । हिजो दिउँसो यो खबर सुनेदेखी यो मनले अझै स्वीकार्न तयार छैन, हात कापेको छ, गला अबरुद्व भएको छ, तपाई जस्तो आत्मबल बलियो भएको ब्यक्ति जसले अरुलाई समेत आत्मबल दिनु हुन्थ्यो तर दैवको अगाडी तपाईको शक्ती पनी कमजोर बन्यो र लग्यो । हिजो दिउँसो करिव १ बजे घरमै परिवारकै साथमा रहेको बखत हृदयघातका कारण तपाईको दुखद निधन भएको खबरले परिवार मात्रै हैन बेल्जियमवासी सारा नेपाली शोकमा डुबेका छौँ,पत्रकारिता तथा कलाकारिता क्षेत्रमा तपाईले पुर्याउनु भएको योगदान हामी कदापी भुल्न सक्ने छैनौ । भाई दुखको यस घडीमा तपाईको आत्माको चिर शान्तीको कामना गर्दै पिडामा डुबेको परिवारजन (श्रीमती, छोरीहरु, ज्वाईहरु लगायत समस्त परिवारजनमा पर्न गएको बज्रपात र शोक लाई भगवानले शक्तीमा परिणत गर्ने क्षमता प्रदान गरुन भनी गहिरो समवेदना ब्यक्त गर्दछु ।’

वि.सं.२०८१ वैशाख ३० आइतवार १५:३१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कर्णालीसहित तीन प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

कर्णालीसहित तीन प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...

विद्यार्थीलाई पढाइसँगै सीप सिकाउँदै नगरपालिका

विद्यार्थीलाई पढाइसँगै सीप सिकाउँदै नगरपालिका

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले विद्यार्थीहरुलाई पढाइसँगै सीप सिकाउन ‘हामी...

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि अन्त्य

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि अन्त्य

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन (विधेयक अधिवेशन) कुनै पनि...

मुख्यमन्त्री कार्कीद्वारा मन्त्रिमण्डल विस्तारः पाँच मन्त्री एवं दुई राज्यमन्त्री थप

मुख्यमन्त्री कार्कीद्वारा मन्त्रिमण्डल विस्तारः पाँच मन्त्री एवं दुई राज्यमन्त्री थप

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँच मन्त्री र...

अवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक गर्ने एक जना पक्राउ 

अवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक गर्ने एक जना पक्राउ 

काठमाडौँ । भन्सार छली गरेर ल्याइएको सुन सम्बन्धित व्यक्तिलाई नदिई...

चितवन राष्ट्रिय निकुञ्जमा घुम्ने विदेशी पर्यटक बढे

चितवन राष्ट्रिय निकुञ्जमा घुम्ने विदेशी पर्यटक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि...