back

आठ लाख बढीलाई हात्तीपाइले रोगविरुद्धको औषधि

वि.सं.२०८१ वैशाख ३१ सोमवार

225 

shares
RBB AD
NTC AD

बनियानी (झापा) । झापामा आठ लाख चार हजार सात सय ३७ जनाले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका छन् । यही वैशाख १६ देखि ३० गतेसम्म भएको आम औषधि सेवन अभियानअन्तर्गत जिल्लाका १५ पालिकाका नागरिकलाई सो औषधि खुवाइएको हो ।

स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख रमेश बाराकोटीका अनुसार १५ दिने अभियानअन्तर्गत आठ पालिकामा लक्ष्यअनुरुप औषधि खुवाइएको छ । बिर्तामोडमा सबैभन्दा धेरै एक लाख २० हजार चार सय ४८ जनाले औषधि सेवन गरेका छन् । सबैभन्दा न्यून भद्रपुर नगरपालिकामा ३२ हजार पाँच सय ४८ जनाले औषधि सेवन गरेका उनले जानकारी दिए ।

हात्तीपाइले रोगविरुद्धको अभियान सफल बनाउन ८० प्रतिशतभन्दा बढी औषधि सेवन दर आवश्यक रहेको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिए । उनका अनुसार बिर्तामोडले एक सय प्रतिशत, मेचीनगरमा ८१ दशमलव १२, बुद्धशान्तिमा ९१, कनकाईमा ८५ दशमलव १३, शिवसताक्षीमा ८८ दशमलव २६, गौरीगञ्जमा ८६ दशमलव ५९, बाह्रदशीमा ८६ दशमलव ६२ तथा कचनकवलमा ८६ दशमलव ६३ प्रतिशतले औषधि सेवन गरेका छन् ।

यस्तै, अर्जुनधारामा ७४ दशमलव ४४ प्रतिशत, कमलमा ७१ दशमलव ३९, दमकमा ७२ दशमलव ९५, गौरादहमा ६६ दशमलव ९२, झापा गाउँपालिकामा ७६ दशमलव ६८, हल्दिबारीमा ७१ दशमलव ९७ र भद्रपुरमा ४५ दशमलव ७४ ले औषधि सेवन गरेका छन् ।

हात्तीपाइले रोगविरुद्धको औषधि सेवन दर ८० प्रतिशत भन्दा कम रहेको स्थानमा १० दिन थप गरिएको जनस्वास्थ्य अधिकृत श्रेष्ठले बताए । ‘एक पटक खाऔँ, यो वर्ष अन्तिम बनाऔँ’ भन्ने नाराका साथ झापामा वैशाख १६ गतेदेखि ३० गतेसम्म १३ औँ चरणको हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सञ्चालन भएको थियो । कार्यालयले नौ लाख ६२ हजार आठ सय ६१ जनालाई औषधि सेवन गराउने लक्ष्य लिएको थियो ।

जिल्लामा औषधि सेवनका लागि ६ सय ६ स्वास्थ्य स्वयम्सेविका र सात सय ५० जना स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । हात्तीपाइले रोग रगतमा बस्ने बिचेरिया ब्रानकोफ्री नामक परजीवीबाट लाग्ने गर्छ भने लामखुट्टेको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ ।
रासस फाइल फोटो

वि.सं.२०८१ वैशाख ३१ सोमवार ११:०६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
देवचुली पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा

देवचुली पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को देवचुली नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता...

के तपाई पनि गुन्द्रुक खानुहुन्छ ? हेर्नुहोस यस्ता छन् फाइदा…

के तपाई पनि गुन्द्रुक खानुहुन्छ ? हेर्नुहोस यस्ता छन् फाइदा…

काठमाडौँ । वर्तमान समयमा नेपालीहरुको लोकप्रिय तरकारीको रुपमा गुन्द्रुक अग्रह...

जालपामा ‘जनसेवा नगर अस्पताल’ स्थापना

जालपामा ‘जनसेवा नगर अस्पताल’ स्थापना

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा...

कोरोनाकालमा अनलाइनमार्फत कक्षा लिएकालाई काउन्सीलले मान्यता दिने

कोरोनाकालमा अनलाइनमार्फत कक्षा लिएकालाई काउन्सीलले मान्यता दिने

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले कोरोना महामारीको समयमा नेपालमा बसेर...

बिदा लिएर निजी अस्पतालमा गइ काम गर्नेलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी

बिदा लिएर निजी अस्पतालमा गइ काम गर्नेलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवम्...

गमगढीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

गमगढीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

सिमकोट (हुम्ला) । मुगुको गमगढीमा बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना...