back

प्राधिकरणको ५६औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम

वि.सं.२०८१ वैशाख ३१ सोमवार

135 

shares
RBB AD
NTC AD

काठमाडौँ । नेपालबीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवको अवसरमा आज काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।

प्राधिकरणको अनुसार बिहान ७ बजे भद्रकालीबाट शुरू गरिएको प्रभातफेरी ¥यालीबीमा सम्बन्धी जानकारीमूलक सन्देशहरू अङ्कित ब्यानरहरू प्रदर्शन गर्दै सुन्धारा, एनएसी, रत्नपार्क हुँदै भृकृटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै नेपालबीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले सबैको प्रयासमा सफलताका साथ अगाडि बढिरहेको बीमा बजारको भविष्य उज्ज्वल रहेको बताए ।

अध्यक्षसिलवालले भने, “बीमा कम्पनीहरूले न्यून आय भएका र विपन्न बर्गलाई लक्षित गरी गाउँ गाउँमा सेवाविस्तार गर्नुपर्छ, नागरिकमा बीमा गर्ने बानी बसाल्न पहल गर्नुपर्छ, बीमा विश्वासिलो बजार हो, बीमा कम्पनीले कहिल्यै धोका दिँदैनन् भन्ने विश्वास स्थापित गर्नुपर्छ, कम्पनीहरूले आफूलाई परिमार्जन गरेर आफ्ना कामहरूका बारेमा आमरूपमा जानकारी गराउनुपर्छ।”

बीमा कम्पनीका राम्रा काममा प्राधिकरणको सधैं साथ र समर्थन रहने उल्लेख गर्दै अध्यक्ष सिलवालले निर्देशिका,मार्गदर्शन जारी गर्नुभन्दा अगाडि बीमकहरूको सुझावलिने गरेको बताए ।

अध्यक्ष सिलवालले भने, “सरकारका नीति, रणनीति र पञ्चवर्षीय योजनामाबीमा प्रवद्र्धनकाविषय समावेश हुनु आवश्यक छ, भूकम्प, बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपहरूबाट सिर्जना हुने जोखिम विरूद्ध आर्थिक सुरक्षण गर्न पूर्वाधारहरूलगायत सबै सरकारी सम्पत्तिको बीमागर्न सरकारबाट पहलहुने विश्वास छ ।”
नेपाल बीमा प्राधिकरणका संचालक समितिका सदस्यकपिल देव ओलीले प्राधिकरण, बीमकलगायत सम्बद्ध सबैको प्रयासमा बीमा व्यवसायव्यवस्थित, विकसित र समृद्ध हुँदै अगाडि बढिरहेको बताए ।

नेपालबीमाप्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले ग्रामीण क्षेत्रसम्मबीमा सेवाविस्तार गर्न तथा न्यून आय भएका र विपन्न बर्गलाई बीमाको दायरामा ल्याउन जोड दिनुपर्ने औंल्याए ।

कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले गरेका थिए ।

प्रभात फेरी कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक लगायत कर्मचारहरूका साथै नेपालबीमक संघ, नेपाल निर्जीवन बीमक संघ, बीमा सर्भेयर संघ र पेशा गत बीमा अभिकर्ता संघका पदाधिकारीहरू, जीवनबीमाकम्पनी, निर्जीवन बीमा कम्पनी, लघु बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुखकार्यकारी अधिकृतहरू सहितकर्मचारीहरूको सहभागिता रहेको थियो ।

पुरस्कार, प्रमाणपत्र, पदकतथा ट्रफी वितरण

नेपालबीमा प्राधिकरणको ५६ औं वार्षिकोत्सवका अवसरमा आयोजित खेलकूद प्रतियोगिता रबीमा सम्बन्धी निबन्ध प्रतियोगिताका विजयीहरूलाई आज पुरस्कार, प्रमाणपत्र, पदक र ट्रफी वितरण गरिएको छ ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले प्राधिकरणका कर्मचारीहरू बीच भएको महिला र पुरूषतर्फका फूटबल प्रतियोगिताहरूमा विजयी खेलाडीहरूलाई पदकतथा ट्रफी वितरण गरे ।

अध्यक्षसिलवालले सातवटै प्रदेशमा भएको बीमा सम्बन्धी निबन्ध प्रतियोगितामध्ये बागमतीप्रदेशबाट प्रथम स्थानहासिल गरेका प्रतियोगीलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरे ।

अध्यक्ष सिलवालले प्राधिकरणमा २० वर्ष सेवाअवधि पूरा गरेका कर्मचारीहरूलाई दोसल्ला ओढाई सम्मान गरे ।

 

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:०७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण...

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुर । जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमाआज बिहान सवारी दुर्घटना...

व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले...

सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

डोल्पा । त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा...

उत्पादन बढाउने उद्धेश्यले गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

उत्पादन बढाउने उद्धेश्यले गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

गोरखा । जिल्लाको गण्डकी गाउँपालिका–५ का १९ जना किसानलाई ५०...

संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर...