back

देवचुली पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा

वि.सं.२०८१ वैशाख ३१ सोमवार

183 

shares
RBB AD
NTC AD

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को देवचुली नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ ।

नगरभित्रका खोप लगाउने उमेर समूहका सबै बालबालिकालाई खोप लगाइएपछि आइतबार देवचुलीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको हो । नगरपालिका खोप समन्वय समितिले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख हरिप्रसाद न्यौपानेले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरेका हुन् ।

नगरपालिकामा आर्थिक वर्ष २०८०/८१ मा वडा नं १ देखि १७ सम्मका १५ महिना मुनिका आठ सय ७६ बालबालिकालाई पूर्ण खोप लगाइएको छ । त्यस्तै आर्थिक वर्ष २०७९/८० मा वडा नं १ देखि १७ सम्मका १६ महिनादेखि ५९ महिना मुनिका दुई हजार चार सय सात बालबालिकालाई खोप लगाइ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले बताए ।

नगरपालिकामा रहेका एउटा नगर अस्पताल, तीन स्वास्थ्य चौकी, १२ आधारभूत स्वास्थ्य सेवा केन्द्र, २१ खोप केन्द्रबाट २० जना खोप कार्यकर्ताले पालिकाका सबै बालबालिकालाई खोप लगाउने कार्यक्रम पूरा गरिएको जनाएका छन् ।

नगरपालिका खोप समन्वय समितिका संयोजकसमेत रहेका नगरप्रमुख हरिप्रसाद न्यौपानेले खोप लगाउने उमेर समूहका कुनै पनि बालबालिका खोपबाट कहिल्यै बञ्चित हुन नहुने बताए । उनले खोप सुनिश्चिततालाई दीर्घकालीन बनाउन नगरपालिका प्रतिबद्ध रहेको जनाउँदै यसमा स्वाथ्यकर्मीको सबैभन्दा महत्वपूर्ण भूमिका रहने बताए ।

यस पालिका विसं २०७० चैत १२ मा पहिलोपटक पूर्ण खोप नगर घोषणा भएको थियो । पालिकालाई हालसम्म पूर्ण खोप नगरपालिकाको सुनिश्चतता एवं दिगोपनालाई निरन्तरता दिइरहेको छ । आगामी वर्षमा पनि यस कार्यलाई निरन्तर राख्न स्थानीय सरोकारवालाले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।
रासस

वि.सं.२०८१ वैशाख ३१ सोमवार १४:४९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आठ लाख बढीलाई हात्तीपाइले रोगविरुद्धको औषधि

आठ लाख बढीलाई हात्तीपाइले रोगविरुद्धको औषधि

बनियानी (झापा) । झापामा आठ लाख चार हजार सात सय...

के तपाई पनि गुन्द्रुक खानुहुन्छ ? हेर्नुहोस यस्ता छन् फाइदा…

के तपाई पनि गुन्द्रुक खानुहुन्छ ? हेर्नुहोस यस्ता छन् फाइदा…

काठमाडौँ । वर्तमान समयमा नेपालीहरुको लोकप्रिय तरकारीको रुपमा गुन्द्रुक अग्रह...

जालपामा ‘जनसेवा नगर अस्पताल’ स्थापना

जालपामा ‘जनसेवा नगर अस्पताल’ स्थापना

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा...

कोरोनाकालमा अनलाइनमार्फत कक्षा लिएकालाई काउन्सीलले मान्यता दिने

कोरोनाकालमा अनलाइनमार्फत कक्षा लिएकालाई काउन्सीलले मान्यता दिने

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले कोरोना महामारीको समयमा नेपालमा बसेर...

बिदा लिएर निजी अस्पतालमा गइ काम गर्नेलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी

बिदा लिएर निजी अस्पतालमा गइ काम गर्नेलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवम्...

गमगढीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

गमगढीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

सिमकोट (हुम्ला) । मुगुको गमगढीमा बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना...