back

युवावर्ग देशका निम्ति क्रियाशील हुनुपर्नेमा पूर्वप्रधानमन्त्री खनालको जोड

वि.सं.२०८१ जेठ १ मंगलवार

522 

shares
IME Limited
NTC AD

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले युवावर्ग देशको सामाजिक–आर्थिक विकासका निम्ति क्रियाशील हुनुपर्नेमा जोड दिएका छन् ।

अनेरास्ववियूको ६०औँ एवं युवासङ्घ नेपालको ३५औँ स्थापना दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको बढ्दो बेरोजगारी र शैक्षिक दिशाहीनताले देशका श्रमजीवी युवा पलायन भइरहेको अवस्थामा युवाहरू एकजुट भएर स्वदेशमा नै उद्यम गर्ने वातावरण बनाउन जरुरी भएको बताए ।

जनताका तत्कालीन समस्या समधान गर्न जनपरिचालन गर्नुपर्नेमा जोड दिँदै उनले भनेका छन्, “हाम्रो देश यतिबेला समाजवादी क्रान्ति र रुपान्तरणको युगमा प्रवेश गरेको छ । तर देश भने चौतर्फी सङ्कटबाट गुज्रिरहेको छ । समाजवादतिरको यात्रालाई व्यापक बनाउन जरुरी छ ।”

पूर्वप्रधानमन्त्री खनालले सम्पूर्ण समस्याको एकमात्र समाधान समाजवाद भएको बताउँदै समाजवादले मात्र शोषण, उत्पीडन, भ्रष्टाचार र बेरोजगारीलाई समधान गर्न सक्ने विचार व्यक्त गरेका छन् । ‘यात्रा समृद्धिको र लक्ष्य समाजवाद’को नारालाई व्यवहारमा अनुवाद गर्न उनले आह्वान गरेका छन् ।

 

वि.सं.२०८१ जेठ १ मंगलवार १०:२४ मा प्रकाशित

एमाले पोलिटव्यूरो बैठक जारी

एमाले पोलिटव्यूरो बैठक जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटव्यूरो बैठकमा सदस्यहरूले आआफ्नो...

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

नेपालले महिला कबड्डी विश्वकपमा सहभागिता जनाउँदै

नेपालले महिला कबड्डी विश्वकपमा सहभागिता जनाउँदै

काठमाडौँ । महिला कबड्डी विश्वकपमा सहभागी हुन १४ खेलाडीसहित १८...

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

काठमाडौँ । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाई जहाजको...

विस्फोटक पदार्थ राखिएको हल्लापछि दिल्लीका केही विद्यालय परिसरमा प्रहरी तैनाथ

विस्फोटक पदार्थ राखिएको हल्लापछि दिल्लीका केही विद्यालय परिसरमा प्रहरी तैनाथ

नयाँदिल्ली । बमको धम्कीको सूचना पछि शुक्रबार रिचमन्ड ग्लोबल स्कुल,...

भारतमा चट्याङका कारण ३३ जनाको मृत्यु

भारतमा चट्याङका कारण ३३ जनाको मृत्यु

पटना, भारत । पूर्वी भाारतमा मनसुनी आँधीका क्रममा चट्याङ् पर्दा...