back

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने वातावरण बनाउन कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह

वि.सं.२०८१ जेठ १ मंगलवार

189 

shares
RBB AD
NTC AD

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सदनमा निर्वाध रूपमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने वातावरण बनाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान सो पार्टीका प्रमुख सचेतक रमेश लेखक र महामन्त्री गगनकुमार थापासँग भएको छलफलमा आज अपराह्न संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएकाले सहज रूपमा सदन सञ्चालनका निम्ति सहयोग गर्न आग्रह गरेका हुन् ।

“प्रधानमन्त्रीले राष्ट्रपतिको सम्बोधनमा सहयोग गर्न र संसद् बैठक अवरोध नगर्न आग्रह गर्नुभयो”, प्रमुख सचेतक लेखकले बैठकपछि सञ्चारकर्मीसँग भने, “प्रधानमन्त्रीले सहकारी ठगीसम्बन्धी समस्या समाधान गर्न आफू प्रतिबद्धता व्यक्त गरे । यससम्बन्धी समस्या समाधान गर्छु भन्ने प्रधानमन्त्रीबाट आशय व्यक्त भएको छ, हामी त्यो व्यवहारमा अनुवाद भएको देख्न चाहन्छौँ ।”

कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताको आरोप लगाउँदै संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरोध गर्दै आएको छ ।

प्रधानमन्त्रीको आग्रह कार्यान्वयन गर्न आजै बस्ने कांग्रेस संसदीय दलको बैठकमा छलफल हुने र निष्कर्षमा पुगिने जानकारी आफूहरूले प्रधानमन्त्री ‘प्रचण्ड’लाई गराएको प्रमुख सचेतक लेखकले बताए ।

वि.सं.२०८१ जेठ १ मंगलवार १०:५८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कर्णालीसहित तीन प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

कर्णालीसहित तीन प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...

विद्यार्थीलाई पढाइसँगै सीप सिकाउँदै नगरपालिका

विद्यार्थीलाई पढाइसँगै सीप सिकाउँदै नगरपालिका

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले विद्यार्थीहरुलाई पढाइसँगै सीप सिकाउन ‘हामी...

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि अन्त्य

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि अन्त्य

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन (विधेयक अधिवेशन) कुनै पनि...

मुख्यमन्त्री कार्कीद्वारा मन्त्रिमण्डल विस्तारः पाँच मन्त्री एवं दुई राज्यमन्त्री थप

मुख्यमन्त्री कार्कीद्वारा मन्त्रिमण्डल विस्तारः पाँच मन्त्री एवं दुई राज्यमन्त्री थप

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँच मन्त्री र...

अवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक गर्ने एक जना पक्राउ 

अवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक गर्ने एक जना पक्राउ 

काठमाडौँ । भन्सार छली गरेर ल्याइएको सुन सम्बन्धित व्यक्तिलाई नदिई...

चितवन राष्ट्रिय निकुञ्जमा घुम्ने विदेशी पर्यटक बढे

चितवन राष्ट्रिय निकुञ्जमा घुम्ने विदेशी पर्यटक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि...