back

सात सयले घट्यो सुनको मूल्य, आज प्रतितोला कतिमा हुँदै छ कारोबार ?

वि.सं.२०८१ जेठ १ मंगलवार

4.5K 

shares
RBB AD
NTC AD

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ७ सयले घटेको छ भने चाँदीको तोलामा २५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३८ हजार १ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो तेजवी प्रतितोला एक लाख ३७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेको छ । तोलामा २५ रुपैयाँले बढेर १७ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । हिजो चाँदीको मूल्य एक हजार ७ सय १५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

वि.सं.२०८१ जेठ १ मंगलवार १२:४२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
वायु प्रदूषण न्यूनीकरणका लागि ललितपुरमा घुम्ती सवारी जाँच

वायु प्रदूषण न्यूनीकरणका लागि ललितपुरमा घुम्ती सवारी जाँच

पाटन (ललितपुर) । सवारी परीक्षण कार्यालय टेकुसँगको सहकार्यमा ललितपुर महानगरपालिकाले...

अध्यक्ष ढकालद्वारा विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न  आग्रह

अध्यक्ष ढकालद्वारा विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा...

९२ प्रजातिका चरामध्ये ३५  प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

९२ प्रजातिका चरामध्ये ३५ प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

गुल्मी । नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा...

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

गलकोट (बागलुङ) । बागलुङको काठेखोला गाउँपालिका–४ स्थित धारा माध्यमिक विद्यालयका...

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेका नेता डा शेखर कोइरालाले देशको राजनीति...