back

प्रभु बैंकका ग्राहकलाई काठमाण्डू मोडेल अस्पतालमा विशेष छुट

वि.सं.२०८१ जेठ १ मंगलवार

132 

shares
RBB AD
NTC AD

काठमाण्डौ । प्रदशनिमार्गमा रहेको काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

अस्पतालका प्रबन्धकिय निर्देशक गौरी प्रधान र प्रभु बैंकका प्रमुख मार्केटिङ अफिसर रविन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले काठमाण्डू मोडेल अस्पतालमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी, दन्त सेवा लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । साथै प्रभु बैकका कर्मचारी तथा ग्राहकहरुले आूफ्नो बैक सँगको आबद्धताको प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सकिनेछ ।
नेपालको सामुदायिक क्षेत्रवाट सञ्चालित अग्रणी स्वास्थ्य सेवा प्रदायक काठमाण्डू मोडेल अस्पतालले केही दशकदेखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनी आकस्मिक उपचारदेखि सघन उपचार उपलब्ध गराउँदै आईरहेको छ ।

स्वास्थ्यप्रति जागरुक नागरिकहरुको लागि अस्पतालमा विभिन्न स्वास्थ्य परिक्षण प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरु समेतको व्यवस्था रहेको छ ।

साथै अस्पतालले दन्त चिकित्सालय सुविधा पनि उपलब्ध गराउदै आइरहेको छ ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ । प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
समारोहमा बैंकका बजार व्यवस्थापक, सबिन राणा, दीना चित्रकार तथा अस्पतालका वित्तिय तथा प्रशासकिय नियन्त्रक चैन कुमार बज्रार्चायको समेत उपस्थिति रहेको थियो ।

वि.सं.२०८१ जेठ १ मंगलवार १६:५१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
यी हुन् सक्छन् स्थानीय तहको विकासका लागि प्राथमिकताका क्षेत्रहरू ?

यी हुन् सक्छन् स्थानीय तहको विकासका लागि प्राथमिकताका क्षेत्रहरू ?

नेत्र सुवेदी ‘प्रयास’ काठमाडौँ । असारको पहिलो हप्ता भएको हुँदा...

यसकारण घट्यो कुलेखानीमा जलविद्युत् उत्पादन

यसकारण घट्यो कुलेखानीमा जलविद्युत् उत्पादन

हेटौँडा । मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलासयको सतह घटेपछि ६०...

आफूले गरेको निर्णयबाट पछि नहट्ने मन्त्री सुमना श्रेष्ठको भनाई

आफूले गरेको निर्णयबाट पछि नहट्ने मन्त्री सुमना श्रेष्ठको भनाई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ग्लोबल आइएमईको एटिएम सञ्चालन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ग्लोबल आइएमईको एटिएम सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा...

द्वन्द्वमा बलात्कृत महिलाहरूको स्वास्थ्य अवस्था भयावह 

द्वन्द्वमा बलात्कृत महिलाहरूको स्वास्थ्य अवस्था भयावह 

काठमाडौँ । द्वन्द्वमा बलात्कारपीडित महिलाहरूको स्वास्थ्य अवस्था भयावह देखिएको छ...

कालिका मन्दिर : जेठ महिनामा सबैभन्दा कम भेटी सङ्कलन

कालिका मन्दिर : जेठ महिनामा सबैभन्दा कम भेटी सङ्कलन

गलकोट (बागलुङ) । नेपालको प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालिका भगवती...