back

सरकारको नीति तथा कार्यक्रम : कांग्रेसले भन्यो-‘भनाइ एकातिर, गराइ अर्कोतिर’

वि.सं.२०८१ जेठ १ मंगलवार

435 

shares
RBB AD
NTC AD

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र विपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१÷ ८२ को वार्षिक नीति तथा कार्यक्रमको आलोचना गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत उक्त कार्यक्रमबारे सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सो पार्टीका नेता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले सरकारको भनाइ र गराइमा आकाश जमिनको फरक रहेको टिप्पणी गरे । “ सरकारको भनाइ एकातिर छ, गराइ ठीक उल्टो छ । त्यसैले यो नीति तथा कार्यक्रम कार्यान्वयन हुन्छ भन्नेमा रतिभर विश्वास छैन ।”

सोही पार्टीका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई आशा जगाउने कुनै पनि विषयवस्तु नआएको जनाए । “यो परम्परागत छ । यसमा नयाँ उत्साह छैन । महत्वपूर्ण कुरा छुटेका छन् । विश्वव्यापी आर्थिक सङ्कटबाट परेको मारबाट मुलुकलाई माथि उठाउने ठोस नीति छैन । जनचासोका रुपमा रहेको सहकारी ठगीका कुरा पनि आएन”, नेता कार्कीले भने ।

‘हुन्छ र गरिनेछ’ भन्ने कुरा मात्रै आयो : राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रममा ‘हुन्छ र गरिनेछ’ भन्ने कुरा मात्रै सीमित रहेको जिकिर गर्दै रोजगारी दिने र कृषि प्रविधिलाई प्राथमिकता दिने नीति नभएको प्रतिक्रिया दिए ।

 

वि.सं.२०८१ जेठ १ मंगलवार २०:५९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जेठ सातमा राष्ट्रिय संयुक्त संघर्ष समितिको प्रदर्शन

जेठ सातमा राष्ट्रिय संयुक्त संघर्ष समितिको प्रदर्शन

काठमाडौं । राष्ट्रिय संयुक्त संघर्ष समितिले आगामी जेठ सातमा जन...

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण...

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुर । जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमाआज बिहान सवारी दुर्घटना...

व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले...

सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

डोल्पा । त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा...

उत्पादन बढाउने उद्धेश्यले गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

उत्पादन बढाउने उद्धेश्यले गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

गोरखा । जिल्लाको गण्डकी गाउँपालिका–५ का १९ जना किसानलाई ५०...