back

असहिष्णु बन्दै कांग्रेस, अकास्मिक आन्दोलनले हजारौं बालबालिका प्रवाभित

वि.सं.२०८१ जेठ २ बुधवार

486 

shares
RBB AD
NTC AD

काठमाडौं । लामो समय सत्ता सन्चालन गरेको नेपाली कांग्रेस पछिल्लो समय असहिष्णु देखिन थालेको छ ।

यसको झल्काे बुधबार राजधानीमा देखियो । बुधबार नेपाली कांग्रेसको भातृ संगठन नेबिसंघले राजधानीका बिभिन्न ठाउँहरुमा गरेको अकास्मिक आन्दोलनका कारण राजधानीको मध्य भागको अवागमन अस्तव्यस्त देखियो ।

नेविसंघले राजधानीको त्रीचन्द्र लगायतका क्याम्पस आगाडी यातायात बन्दसंगै गरेको आन्दोलनले विद्यालय हिंडेका हजारौं वालबालिका प्रभावित भएका थिए ।

प्रभावित हुनेमा नेपाल बाल संगठन (बालमन्दिर) मा आश्रित बालबालिकाहरुसमेत छन् । नेपाल बाल संगठनका ४९ बालबालिका रानीपोखरीमा रहेकाे भानु माध्यामिक विद्यालय (दरबार हाईस्कूल) मा अध्यायन गर्दछन् । नेपाल बाल संगठन कांग्रेस नेतृ रिता सिंह लामो समय अध्यक्ष भएको संस्था हो । हाल उक्त संस्थामा भएकाे घाेटलाकाे विषायमा सिआबीले अनुसन्धान गिररहेकाे छ ।

आन्दोलन भन्दै कांग्रेस भातृ संगठन नेविसंघले त्रिचन्द्र अगाडीको सडक अबरुद्ध गरेका कारण बालबालिकहरु चर्को घाममा नारायणहिटी अगाडीबाट पैदलै करिब ११ बजे विद्यालय पुगेका थिए ।

नेविसंघको अवरोधका कारण राजधानीका विद्यालयहरुमा अध्यायन गर्ने हजारौं बालबालिकाहरु प्रभावित भएका छन् ।

नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछने सहकारी काण्डमा मुछिएको त्यसमा संसदीय समिति गठन गर्नु पर्ने मागराख्दै संसद अबरुद्ध गर्दै आएको छ । मंगलबार मात्र कांग्रेसले आफ्ना भातृ तथा शुवेच्छुक संगठनहरुलाई सडकमा उतार्ने बताएको थियो ।

यस विषयमा कुरा गर्न नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई सम्पर्क गर्दा उनीहरुको फोन उठेन ।

वि.सं.२०८१ जेठ २ बुधवार १४:५३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जेठ सातमा राष्ट्रिय संयुक्त संघर्ष समितिको प्रदर्शन

जेठ सातमा राष्ट्रिय संयुक्त संघर्ष समितिको प्रदर्शन

काठमाडौं । राष्ट्रिय संयुक्त संघर्ष समितिले आगामी जेठ सातमा जन...

व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले...

संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर...

प्रहरीका चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

प्रहरीका चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी...

सूचना टाँस गरी प्रतिनिधिसभाको बैठक स्थगित

सूचना टाँस गरी प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको...

सहकारी प्रकणमा संसदीय छानविन समिति गठन गर्नुपर्नेमा विपक्षी दलहरु एकजुट

सहकारी प्रकणमा संसदीय छानविन समिति गठन गर्नुपर्नेमा विपक्षी दलहरु एकजुट

काठमाडौं । नेपाली कांग्रेसले गरेको सहकारी प्रकरणमा अनुसन्धान गर्न संसदीय...