back

मन्त्री श्रेष्ठद्वारा सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीको बिदाइ

वि.सं.२०८१ जेठ ३ बिहीवार

429 

shares
RBB AD
NTC AD

काठमाडौँ । मलेसियाको क्वालालम्पुरमा हुने सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ ।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय सेपाकताक्रो टोलीलाई आज बिदाइ गर्दै आत्मविश्वाससहित उच्च प्रदर्शन गर्न आग्रह गर्दै सफलताको शुभकामनासमेत व्यक्त गरे ।

रोशन तामाङको कप्तानीमा रहने नेपाली टोलीमा दीपेशजङ थापा, उमेशबहादुर महतो, अनिल जर्घामगर, विजय महतो र पदमबहादुर थाडामगर रहेका छन् ।

त्यस्तै, प्रशिक्षकमा श्यामबहादुर श्रेष्ठ, टिम व्यवस्थापकमा नेत्रप्रसाद गुरुङ र अन्तर्राष्ट्रिय टेक्निकल अफिसरमा नासिर मास्के रहेका छन् । यही जेठ ५ गतेदेखि सुरू हुने विश्वकपमा कूल २१ राष्ट्रको सहभागिता रहनेछ । नेपाल डिभिजन वानमा रहेको छ, जहाँ कूल नौ राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ । प्रिमियरमा भने १२ राष्ट्र रहेका छन् ।

 

वि.सं.२०८१ जेठ ३ बिहीवार २०:४८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेपाल र श्रीलंकाबीचको खेल रद्द, शनिबार अर्को खेल खेल्दै नेपाल

नेपाल र श्रीलंकाबीचको खेल रद्द, शनिबार अर्को खेल खेल्दै नेपाल

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंका...

नेपालले विश्वकपको दोस्रो खेल श्रीलङ्कासँग खेल्ने

नेपालले विश्वकपको दोस्रो खेल श्रीलङ्कासँग खेल्ने

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह...

फिफा विश्वकप २०२६ छनोटः आज नेपाल र यमन भिड्ने

फिफा विश्वकप २०२६ छनोटः आज नेपाल र यमन भिड्ने

काठमाडौँ । फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा...

सन्दीपले टि ट्वान्टी विश्वकप क्रिकेट खेल्ने

सन्दीपले टि ट्वान्टी विश्वकप क्रिकेट खेल्ने

काठमाडौँ । आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत वेस्ट इन्डिजमा...

टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा एक सय ३४ रनले युगान्डा पराजित

टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा एक सय ३४ रनले युगान्डा पराजित

काठमाडौँ । आइसिसी टि–२० विश्वकप–२०२४ मा वेष्टइन्डिजले युगान्डालाई एक सय...

तीस दिने थाई ची छ्वान तालिम सम्पन्न

तीस दिने थाई ची छ्वान तालिम सम्पन्न

काठमाडौं । चिनियाँ सांस्कृतिक केन्द्र नेपालले आयोजना गरेको चिनियाँ मार्सल...