back

पालिकाले दिने भयो किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर

वि.सं.२०८१ जेठ ४ शुक्रवार

435 

shares
RBB AD
NTC AD

गोदावरी (कैलाली) । जिल्लाको चुरे गाउँपालिकाले व्यावसायिक रुपमा कृषिमा आबद्ध किसानलाई हाते ट्र्याक्टर वितरण गर्ने भएको छ ।

गाउँपालिकाले चालु आर्थक वर्षमा २३ जना किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गर्ने भएको हो । गाउँपालिकाका छवटै वडाबाट ५८ जना किसानले हाते ट्र्याक्टर अनुदानका लागि निवेदन दिएकामा २३ जनालाई ट्र्याक्टर वितरण गरिने कृषि शाखा प्रमुख दीपकराज पाण्डेयले बताए ।

सङ्घीय सरकारको अनुदान कार्यक्रमअन्तर्गत सो गाउँपालिकाका छवटै वडाबाट छनोट भएका ती किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरिन लागेको उनले बताए । किसानलाई अनुदानमा प्रति किसान रु एक लाख २५ हजारको लागतमा हाते ट्र्याक्टर वितरण हुन लागेको हो ।

कृषिको आधुनिकीकरण तथा उत्पादन लागत घटाई उत्पादन बढाउने उद्देश्यले किसानलाई हाते ट्र्याक्टर उपलब्ध गराइने कार्यक्रमलाई प्राथमिकता राखेको गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले बताए ।

चुरे गाउँपालिका अदुवा, सुन्तला, कृषि, पशुपालनको पकेट क्षेत्रका रुपमा चिनिँदै आएकाले कृषकलाई व्यावसायिक रुपमा कृषिमा आत्मनिर्भर बनाउने नीति गाउँपालिकाले लिएको उनले बताए । कृषि शाखाले चुरे गाउँपालिकाका कृषकलाई अनुदानमा उन्नत जातका बीउबिजन, तरकारी राख्ने क्यारेट, विषादीलगायत सामग्री वितरण गरिसकेको जनाइएको छ ।

यसैगरी गाउँपालिका र जिआइजेडको लागत साझेदारीमा किसानको मागलाई ध्यानमा राखेर गाउँपालिकामा माटो परीक्षण ल्याब सञ्चालन गर्ने भएको छ ।

लागत साझेदारीमा चालु आवभित्रै सिँचाइका लागि गाउँपालिका छवटै वडामा दुई सय वटा सिमेन्ट ट्याङ्की, दुई वटा पोखरी, दुई वटा हाइटेक नर्सरी निर्माण गरिने चुरे गाउँपालिकाले जनाएको छ ।

 

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०९:०७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
‘श्रमाधान रोजगार मेला’ मा छब्बीस सय बढीले दिए आवेदन

‘श्रमाधान रोजगार मेला’ मा छब्बीस सय बढीले दिए आवेदन

कैलाली । यही जेठ २७ र २८ गते धनगढीमा सञ्चालित...

कक्षा १० मा अध्ययनरत नेपालीको ‘फोटोग्राफी’बाट मनग्ये आम्दानी

कक्षा १० मा अध्ययनरत नेपालीको ‘फोटोग्राफी’बाट मनग्ये आम्दानी

भजनी (कैलाली) । जिल्लाको घोडाघोडी नगरपालिका–१ का रोशन नेपाली अहिले...

कक्षा १० मा पढिरहेका नेपालीले ‘फोटोग्राफी’बाट मनग्ये आम्दानी गर्दै

कक्षा १० मा पढिरहेका नेपालीले ‘फोटोग्राफी’बाट मनग्ये आम्दानी गर्दै

भजनी (कैलाली) । जिल्लाको घोडाघोडी नगरपालिका–१ का रोशन नेपाली अहिले...

कैलालीका किसानलाई चैते धान भित्र्याउने चटारो

कैलालीका किसानलाई चैते धान भित्र्याउने चटारो

घोडाघोडी (कैलाली) । कैलालीको घोडाघोडी नगरपालिका–८ का बुुझाउन चौधरीलाई हिजोआज...

कैलालीमा दलहनबालीको उत्पादनमा वृद्धि

कैलालीमा दलहनबालीको उत्पादनमा वृद्धि

गोदावरी (कैलाली) । कैलालीमा गत वर्षको तुलनामा यस वर्ष दलहनबाली...

प्राथमिक तह मात्रै अध्ययन गरेकी कौशिला शवगृहको काममा भने सक्रिय

प्राथमिक तह मात्रै अध्ययन गरेकी कौशिला शवगृहको काममा भने सक्रिय

महेन्द्रनगर (कञ्चनपुर) । मृत शरीरको चिरफारदेखि सिउने कामसम्म महिलाले गर्छन...