back

जापानी कम्पनी तोसिबाले जापानमा चार हजार रोजगारी कटौती गर्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार

582 

shares
GLOBAL IME AD
NTC AD

टोक्यो । समस्याग्रस्त जापानी औद्योगिक कम्पनी तोसिबाले बिहीबार पुनरसंरचना कार्यक्रमको हिस्साका रूपमा आन्तरिकरूपमा चार हजार नोकरी कटौती गर्ने योजना बनाएको बताएको छ ।
सङ्कटलाई मध्यनजर गरी डिसेम्बरमा कम्पनीको सेयरहरूको डिलिस्टिङ भएसँगै एक कन्सोर्टियमले निजीरूपमा कम्पनीको अधिग्रहण गरेपछि यस्तो घोषणा गरिएको हो ।

विशिष्ट मापदण्ड पूरा गर्ने ५० वर्षभन्दा धेरै उमेरका कर्मचारीहरूलाई स्वैच्छिकरूपमा सेवानिवृत्त गर्ने प्रस्ताव गरेर नोभेम्बरसम्ममा कर्मचारीहरूको सङ्ख्या घटाइने छ । कम्पनीका एक प्रवक्ताले नाम उल्लेख नगर्ने शर्तमा भने, “व्यवस्थापनको यो कठिन निर्णय थियो तर तोसिबाको पुनःप्राप्ति र वृद्धिको मार्गमा फर्काउन यो उपाय आवश्यक छ भन्ने हामीले ठानेका छौँ ।”
जापानमा व्यापक स्तरमा कर्मचारी कटौती दुर्लभ छ तर शीघ्र सेवानिवृत्ति योजना वा स्वैच्छिक अतिरिक्तताको यस्तो प्रयोग तीव्रताका साथ बढेको छ ।

कम्पनीले आर्थिक वर्ष २०२६ मा तीन खर्ब ८० अर्ब येन (दुई अर्ब ५० करोड डलर) को परिचालन नाफा र बिक्रीमा १० प्रतिशत प्रतिफलको लक्ष्य राखेको बताएको ब्लुमबर्गले उल्लेख गरेको छ । आर्थिक वर्ष २०२५ को पहिलो छ महिनामा टोक्योको हमामात्सुचो क्षेत्रबाट जापानको राजधानी बाहिर कावासाकीमा प्रधान कार्यालय कार्यहरू सार्ने योजना छ ।

तोसिबाको जरा सन् १८७५ मा सुरु भयो र २०औँ शताब्दीमा यो विशाल समूहका रूपमा विकसित भयो । कम्पनी जापानको युद्धोपरान्त आर्थिक पुनरुत्थानको पर्यायवाची बन्यो ।
प्रारम्भमा ल्यापट कम्प्युटर, लिफ्ट र आणविक ऊर्जा स्टेसनदेखि लिएर माइक्रोचिप्ससम्म सबैथोक बनाएर यो कम्पनी जापान र त्यो बाहिर घरेलु नाम बन्यो ।

तर सन् २०१५ मा भएको ठूलो लेखा घोटाला र अमेरिकी आणविक सहायक कम्पनी वेस्टिङहाउसबाट अर्बौं डलरको घाटासहित हालैका वर्षहरूमा कम्पनी थप सङ्कटमा पुगेको छ । सक्रिय सेयरधनीहरूको दबाब र निजी इक्विटी समूह सिभिसीको अधिग्रहण प्रस्तावले कम्पनीलाई पहिला तीन र पुनः दुई भागमा विभाजित गर्ने असफल प्रयासलाई रोक्यो ।

अन्ततः सन् २०२३ मार्चमा करिब २० वटा जापानी बैंक र अन्य कम्पनी सामेल भएको कन्सोर्टियमले करिब १४ अर्ब डलरको अधिग्रहण गर्ने बोलीलाई तोसिबाको बोर्डले स्वीकार गर्यो । टोक्यो एक्सचेन्जमा ७० वर्षभन्दा बढी कारोबारपछि यसका सेयरहरूलाई डिसेम्बरमा डिलिस्ट गरिएको थियो । (रासस/एएफपी)

 

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०९:१३ मा प्रकाशित

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२२ मा मस्कोले...

अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी-डम्पिङ शुल्क

अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी-डम्पिङ शुल्क

  बेइजिङ । कथित डम्पिङमाथि गरिएको अनुसन्धानपछि चीनले सोमबार अमेरिका,...

भारतद्वारा बङ्गलादेशबाट स्थलमार्ग हुँदै आयात हुने सामानमा प्रतिबन्ध

भारतद्वारा बङ्गलादेशबाट स्थलमार्ग हुँदै आयात हुने सामानमा प्रतिबन्ध

नयाँदिल्ली । विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) द्वारा जारी एक निर्देशनपछि...

गाजामा इजरायली हमलामा बालबालिकासहित ३३ जनाको मृत्यु

गाजामा इजरायली हमलामा बालबालिकासहित ३३ जनाको मृत्यु

गाजा सिटी । इजरायलले विस्तारित सैन्य अभियानको घोषणा गरेको एक...

युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा

युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा

किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर...

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

टेक्सास (अमेरिका) । अमेरिकाको टेक्सास राज्यको संसद्को बिहीबार सम्पन्न बैठकले...