back

द्विपक्षीय सम्बन्धको भविष्यलाई सुदृढ बनाउन पुटिनसँग सहकार्य गर्न चिनियाँ सी तयार

वि.सं.२०८१ जेठ ४ शुक्रवार

378 

shares
RBB AD
NTC AD

बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बेइजिङ आगमनपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देशबीचको द्विपक्षीय सम्बन्धको भविष्यलाई सुदृढ बनाउन संयुक्तरूपमा काम गर्ने इच्छा व्यक्त गरेका छन् ।

बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा भएको बृहत् वार्ताका क्रममा चिनियाँ राष्ट्रपतिले दुई पक्षले कूटनीतिक सम्बन्धको ७५औँ वार्षिकोत्सवलाई नयाँ सुरुआतका रूपमा लिनुपर्ने, विकास रणनीतिमा थप समन्वय गर्नुपर्ने र द्विपक्षीय सहयोगलाई समृद्ध बनाउने पहल जारी राख्नुपर्ने बताए ।

सिन्ह्वाले रिपोर्ट गरेअनुसार राष्ट्रपति जिनपिङले दुई देशबीच सहकार्यका लागि विभिन्न क्षेत्रमा नयाँ योजना बनाउन तयार रहेको बताए ।

राष्ट्रपति जिनपिङले यस वर्ष चीनको स्थापनाको ७५औँ वार्षिकोत्सव भएको उल्लेख गर्दै देशले सबै मोर्चामा चिनियाँ आधुनिकीकरणलाई अगाडि बढाइरहेको र उच्च गुणस्तरको विकासको माध्यमबाट नयाँ उत्पादक शक्तिहरूलाई बढावा दिन द्रुत गतिमा अघि बढिरहेको बताए ।

उनले चीन र रुस दुवै संयुक्त राष्ट्र सुरक्षा परिषद् र प्रमुख उदीयमान बजारका स्थायी सदस्य रहेको कुरामा जोड दिए ।

सिन्ह्वाका अनुसार यो भेट रणनीतिक समन्वयलाई गहिरो बनाउन, पारस्परिक लाभदायक सहयोग विस्तार गर्न र विश्वमा बहुध्रुवीयता र आर्थिक भूमण्डलीकरणको सामान्य ऐतिहासिक प्रवृत्ति पछ्याउन दुवै देशको साझा रणनीतिक छनोट हो ।

राष्ट्रपतिका रूपमा आफ्नो नयाँ कार्यकाल सुरु गरेपछि रुसी राष्ट्रपतिको यो पहिलो विदेश भ्रमण भएको उल्लेख गर्दै राष्ट्रपति पुटिन र रुसी सरकारले चीन–रुस सम्बन्धको विकासमा राखेको ठूलो महत्त्व दर्शाउनेमा राष्ट्रपति जिनपिङले जोड दिए ।

छलफलका क्रममा चिनियाँ राष्ट्रपतिले पुटिनलाई ‘पुरानो मित्र’ का रूपमा अभिवादन गरे र चीन र रुसले विगत एक दशकमा ४० भन्दा बढी बैठकमा एकअर्कालाई ‘रणनीतिक मार्गदर्शन’ प्रदान गरेको बताए ।

चीन भ्रमणका क्रममा पुटिन चीनको उत्तरपूर्वी हेइलोंगजियाङ प्रान्तको राजधानी हार्बिन जानुहुने कार्यक्रम रहेको छ । त्यहाँ उहाँले व्यापार र सहयोगका कार्यक्रममा भाग लिनेछन् । ऐतिहासिकरूपमा चीन र रुसबीचको सीमा तनावले ग्रस्त यस क्षेत्रमा हालैका वर्षहरूमा कनेक्टिभिटी बढेको देखिएको छ । यसबाट दुई छिमेकीबीच घनिष्ठ आर्थिक र सांस्कृतिक सम्बन्ध सुधारिएको पाइएको छ । (रासस÷एएनआई)

 

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०९:१६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नाइजेरियामा बन्दुकधारीद्वारा २६ जनाको हत्या, दर्जनौं अपहरित

नाइजेरियामा बन्दुकधारीद्वारा २६ जनाको हत्या, दर्जनौं अपहरित

कानो, नाइजेरिया । बन्दुकधारीहरूको आपराधिक समूहले उत्तरपश्चिमी नाइजेरियाको एउटा गाउँमा...

चीनद्वारा विद्यार्थीका लागि रोजगारी अभियान सञ्चालन

चीनद्वारा विद्यार्थीका लागि रोजगारी अभियान सञ्चालन

बेइजिङ । चीनको मानव संशाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले उच्च...

आप्रवासी बोकेको डुंगा डुब्दा ३९ जनाको मृत्यु, १५० बेपत्ता

आप्रवासी बोकेको डुंगा डुब्दा ३९ जनाको मृत्यु, १५० बेपत्ता

दुबई । यमनमा दुई सय भन्दा बढी आप्रवासी बोकेको डुङ्गा...

इजरायली बन्धक उद्धार अभियानमा भएको नागरिक हताहतमा राष्ट्रसङ्घको निन्दा

इजरायली बन्धक उद्धार अभियानमा भएको नागरिक हताहतमा राष्ट्रसङ्घको निन्दा

राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले साता व्यापी इजरायली...

बेलायतमा बेरोजगारी दरमा निरन्तर वृद्धि : आधिकारिक तथ्याङ्क

बेलायतमा बेरोजगारी दरमा निरन्तर वृद्धि : आधिकारिक तथ्याङ्क

लन्डन(बेलायत) । मङ्गलबार प्रकाशित आधिकारिक तथ्याङ्क अनुसार बेलायती बेरोजगारी अझै...

रुसी सैन्य विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

रुसी सैन्य विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

मस्को(रुस) । उत्तरी ओसेटियाको ककेशस क्षेत्रमा प्रशिक्षण उडानको क्रममा एक...