back

उच्च बिन्दुमा पुगेको सुनचाँदीको मूल्य घट्यो, कति पर्छ त प्रतितोलालाई ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार

9.4K 

shares
RBB AD
NTC AD

काठमाडौँ । उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज नेपाली बजारमा घटेको छ । शुक्रबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ भने  हिजो छापावाला सुन प्रतितोला एक लाख ४० हजार रुपैयाँ कायम भएको थियो ।

तेजावी सुन प्रतितोला एक लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ भने हिजाे तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार ३ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर एक हजार ८ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ८ सय ५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:४० मा प्रकाशित

NLIC AD
NABIL bank AD
वायु प्रदूषण न्यूनीकरणका लागि ललितपुरमा घुम्ती सवारी जाँच

वायु प्रदूषण न्यूनीकरणका लागि ललितपुरमा घुम्ती सवारी जाँच

पाटन (ललितपुर) । सवारी परीक्षण कार्यालय टेकुसँगको सहकार्यमा ललितपुर महानगरपालिकाले...

अध्यक्ष ढकालद्वारा विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न  आग्रह

अध्यक्ष ढकालद्वारा विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा...

९२ प्रजातिका चरामध्ये ३५  प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

९२ प्रजातिका चरामध्ये ३५ प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

गुल्मी । नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा...

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

गलकोट (बागलुङ) । बागलुङको काठेखोला गाउँपालिका–४ स्थित धारा माध्यमिक विद्यालयका...

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेका नेता डा शेखर कोइरालाले देशको राजनीति...