back

सिटिजन्स बैंक र दुसित प्रिन्सेस काठमाडौंबीच विशेष छुट सम्बन्धी समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार

159 

shares
RBB AD
NTC AD

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाजिम्पाट, काठमाडौंस्थित दुसित प्रिन्सेस काठमाडौंबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले दुसित प्रिन्सेस काठमाडौंमा १५ प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।

 

 

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:१६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
दूधमात्र होइन घाँस पनि बेचेर प्रशस्त आर्जन गर्छन् बागलुङका किसान

दूधमात्र होइन घाँस पनि बेचेर प्रशस्त आर्जन गर्छन् बागलुङका किसान

गलकोट (बागलुङ) । जिल्लाको जैमिनी नगरपालिका–१ को टुनिबोट क्षेत्रका किसान...

प्रधानमन्त्री भन्छन्-सहिद रीतबहादुर खड्का क्रान्तिकारी नेता हुनुहुन्थ्यो

प्रधानमन्त्री भन्छन्-सहिद रीतबहादुर खड्का क्रान्तिकारी नेता हुनुहुन्थ्यो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रीतबहादुर खड्का क्रान्तिकारी र...

आज प्रतिनिधि सभाको बैंठक बस्दै, खर्च कटौतीको प्रस्ताव पेस गर्दै सांसद्

आज प्रतिनिधि सभाको बैंठक बस्दै, खर्च कटौतीको प्रस्ताव पेस गर्दै सांसद्

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक...

मिथिला क्षेत्रमा आज गङ्गा दशहारा पर्व मनाइँदै

मिथिला क्षेत्रमा आज गङ्गा दशहारा पर्व मनाइँदै

महोत्तरी । हिन्दूधर्मका अनुयायी आज गङ्गा दशहारा पर्व मनाउँदैछन् ।...

गण्डकीसहित चार प्रदेशका केही स्थानमा चट्याङ्ग सहित वर्षाको सम्भावना !

गण्डकीसहित चार प्रदेशका केही स्थानमा चट्याङ्ग सहित वर्षाको सम्भावना !

  काठमाडौं । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव...

राष्ट्रपति पौडेल बर्लिनमा

राष्ट्रपति पौडेल बर्लिनमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका...