back

संसद अवरोधको गाँठो : छुट्टाछुट्टै छलफलमा जुटे सत्तारुढ र विपक्षी दलहरु

वि.सं.२०८१ जेठ ४ शुक्रवार

378 

shares
RBB AD
NTC AD

काठमाडौं । सत्तारुढ दल र विपक्षी दलहरु छुट्टाछुट्टै छलफलमा जुटेका छन् ।

प्रंमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आव्हानमा कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहितका दलहरु बाानेश्वरस्थित कांग्रेस संसदीय दलका नेताको कार्यकक्षमा बसिरहेको छ ।

नेपाली कांग्रेसकोा आज बिहान बसेको संसदीय दलको बैठकले संसदमा रणनीतिक रुपमा कसरी प्रस्तुत हुने भन्ने विषयमा विपक्षी दलहरुसँग छलफलमा जुटेको हो ।

त्यसैगरी सत्ता गठबन्धनमा रहेका दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरु पनि संसद अवरोध कसरी हटाउने भन्ने विषयमा छलफलमा जुटेका छन् । उक्त छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओली, रास्वपका सभापति रवि लामीछानेसहित छलफलमा जुटेका छन् ।

नेपाली कांग्रेसले दुई महिनादेखि संसद अवरोध गर्दै रास्वपाका सभापति लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोप लगाउँदै उक्त विषयमा अनुसन्धान गर्न संसदीय छानविन समिति बनाउन अडान राख्दै आएको छ ।
नेपाली कांग्रेसको छानविन समिति गठन गर्ने अडानकाबीच बिहीबारको प्रतिनिधि सभा बैठकमा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेल समेत भएपछि विवाद झनै बढ्दै गएको देखिन्छ ।

 

 

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
वायु प्रदूषण न्यूनीकरणका लागि ललितपुरमा घुम्ती सवारी जाँच

वायु प्रदूषण न्यूनीकरणका लागि ललितपुरमा घुम्ती सवारी जाँच

पाटन (ललितपुर) । सवारी परीक्षण कार्यालय टेकुसँगको सहकार्यमा ललितपुर महानगरपालिकाले...

अध्यक्ष ढकालद्वारा विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न  आग्रह

अध्यक्ष ढकालद्वारा विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा...

९२ प्रजातिका चरामध्ये ३५  प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

९२ प्रजातिका चरामध्ये ३५ प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

गुल्मी । नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा...

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

गलकोट (बागलुङ) । बागलुङको काठेखोला गाउँपालिका–४ स्थित धारा माध्यमिक विद्यालयका...

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेका नेता डा शेखर कोइरालाले देशको राजनीति...