back

चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन

वि.सं.२०८१ जेठ ४ शुक्रवार

384 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

बैतडी । जोखिम भत्ता पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका जिल्ला अस्पताल बैतडीमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी काममा फर्किएका छन् । गत आइतबारदेखि आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेर आन्दोलनमा उत्रेका चिकित्सक र स्वास्थ्यकर्मी पुनः काममा फर्केका हुन् ।

आन्दोलन फिर्ता भएसँगै चिकित्सक र स्वास्थ्यकर्मी काममा फर्किएर सबै सेवा नियमितरुपमा सञ्चालन भइरहेको अस्पतालका प्रमुख डा सुशील विकले बताए । उनका अनुसार स्वास्थ्यकर्मी र चिकित्सकले उठाएका मागका विषय सम्बोधन गर्नका लागि १० दिनको समय माग गरिएकाले अस्पताल विकास समितिसँगको सहमतिमा आन्दोलन स्थगित गरिएको जनाएको हो ।

गएको नौ महिनादेखि अतिरिक्त भत्ता, जोखिम भत्ताबापतको रकम नपाएकाले चिकित्सक तथा स्वास्थ्यकर्मीले आफूले पाउनुपर्ने सेवाको माग गर्दै आकस्मिकबाहेकका सेवा बन्द गरेर आन्दोलित भएका थिए । उनीहरुको माग सम्बोधनका लागि मन्त्रालयले मागेका आवश्यक कागजात र अन्य प्रक्रिया पु¥याउन आन्दोलन स्थगित गर्ने सहमति भएको हो ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र प्रयोगशालाकर्मीको अतिरिक्त भत्ता, जोखिम भत्ताबापतको रकम निकासा नदिँदा समस्या भएको थियो । जिल्ला अस्पतालका सेवा सञ्चालन भएपछि बिरामीलाई सहज भएको छ । स्वास्थ्यकर्मी र चिकित्सक आन्दोलित भएपछि बिरामीलाई मर्का परेको थियो ।

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:०१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
राजमार्गको पहिरो रोक्न त्रिपालको सहारा

राजमार्गको पहिरो रोक्न त्रिपालको सहारा

बाजुरा । अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा...

बाढी र पहिरोका कारण ४८ घर परिवार विस्थापित

बाढी र पहिरोका कारण ४८ घर परिवार विस्थापित

त्रिवेणी (रुकुम पश्चिम) । रुकुमपश्चिममा बाढीपहिरोका कारण हालसम्म ४८ घर...

बाढीबाट विद्यालय भवन जोगाउनै सकस

बाढीबाट विद्यालय भवन जोगाउनै सकस

कञ्चनपुर । बेलडाँडी गाउँपालिका–५ इमलियामा रहेको गणेश माध्यमिक विद्यालय भवनलाई...

खोलाले बगाउँदा एक जनाको मृत्यु

खोलाले बगाउँदा एक जनाको मृत्यु

त्रिवेणी (रुकुमपश्चिम) । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ मा खोलाले बगाउँदा...

पशुपालनबाट वार्षिक रु सात लाख आम्दानी गर्दै लेखापाल चौधरी

पशुपालनबाट वार्षिक रु सात लाख आम्दानी गर्दै लेखापाल चौधरी

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-८ बेलडाँडीका तेजबहादुर चौधरीले व्यावसायिक पशुपालनबाट वार्षिक...

कोरोनादेखि बन्द भएको तिङ्करनाका खुलेसँगै व्यापारीको चहलपहल बढ्यो

कोरोनादेखि बन्द भएको तिङ्करनाका खुलेसँगै व्यापारीको चहलपहल बढ्यो

दार्चुला । नेपाल–चीन सीमानाका तिङ्कर आवागमनका निम्ति खुलेसँगै सिमाक्षेत्र वरपर...