back

सहकारी प्रकणमा संसदीय छानविन समिति गठन गर्नुपर्नेमा विपक्षी दलहरु एकजुट

वि.सं.२०८१ जेठ ४ शुक्रवार

525 

shares
RBB AD
NTC AD

काठमाडौं । नेपाली कांग्रेसले गरेको सहकारी प्रकरणमा अनुसन्धान गर्न संसदीय छानविन समिति गठनको मागमा अन्य विपक्षी दलहरुले पनि समर्थन जनाएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता समेत रहेका शेरबहादुर देउवाले नयाँ बानेश्वरमा आव्हान गरेको बैठकमा विपक्षी दलका शिर्ष नेताहरुले कांग्रेसको मागलाई समर्थन गर्दै संसदीय छानविन समिति गठन हुनुपर्ने बताएका छन् ।

उक्त बैठकमा उपस्थित शिर्ष नेताहरुले सहकारी प्रकरणमा नागरिकको अर्बौ रकम अपचलन तथा हिनामिना भएका कारण त्यसको अनुसन्धान गर्न सरकारले छानविन समिति गठन गर्नुपर्ने बताएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको आरोप लगाउँदै उनको राजीनामा तथा छानविन समिति गठन गर्नुपर्ने माग गर्दै संसद अवरोध गर्दै आएको छ ।

यसअघि उक्त माग गर्दै प्रतिनिधि सभाको बैठक अवरोध गर्दै आएको कांग्रेसले बिहीबार भने प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठकमा अवरोध गरेको थियो ।

संसद अवरोधको गाँठो : छुट्टाछुट्टै छलफलमा जुटे सत्तारुढ र विपक्षी दलहरु

 

 

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:३४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

गलकोट (बागलुङ) । बागलुङको काठेखोला गाउँपालिका–४ स्थित धारा माध्यमिक विद्यालयका...

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेका नेता डा शेखर कोइरालाले देशको राजनीति...

झापामा आत्महत्याका घटना बढेको बढ्यै, छैन रोकथामको चासो

झापामा आत्महत्याका घटना बढेको बढ्यै, छैन रोकथामको चासो

चन्द्रकला भण्डारी, झापा । कनकाई–१ सिर्जना टोलका ३४ वर्षीय रबिन...

‘क्यान’भित्रको अनियमितता छानबिन गर्न माग

‘क्यान’भित्रको अनियमितता छानबिन गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल क्रिकेट सङ्घ (क्यान) भित्र...

देशैभरी तापक्रममा उच्च वृद्दि, तराईमा ‘लु’ को जोखिम

देशैभरी तापक्रममा उच्च वृद्दि, तराईमा ‘लु’ को जोखिम

प्रगति ढकाल, काठमाडौँ । हिजो अपराह्न यो समाचार तयार पार्दासम्ममा...