back

पालिकाद्वारा किसानलाई उद्यमशीलतासँग जोड्न मौरी घार वितरण

वि.सं.२०८१ जेठ ४ शुक्रवार

228 

shares
RBB AD
NTC AD
वालिङ (स्याङ्जा) । किसानलाई उद्यमशीलतासँग जोड्न स्याङ्जाको भिरकोट नगरपालिकाले गोलासहितका मौरी घार वितरण गरेको छ ।
गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत भिरकोट–९ का किसानलाई घार वितरण गरिएको हो । मौरीपालनका दृष्टिले प्रशस्त वनजङ्गल र चरन क्षेत्र भएकाले पनि मौरीपालन फस्टाउन सक्ने भएकाले वडाका किसानलाई घार वितरण गरी अभियान थालिएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए ।
“मौरीपालनका दृष्टिले प्रचुर सम्भावना देखिएकाले अहिले वडा नं ९ मा मौरीका घार वितरण गरेका हौँ”, उनले भने  “आगामी दिनमा यसलाई व्यावसायिकरुपमा अगाडि बढाउँदै आयआर्जनसँग जोड्ने र यहाँका नागरिकको आर्थिक समृद्धिमा सुधार ल्याउने उद्देश्य छ ।” मौरीपालन गर्दा मौरीको गोलासहितको घार तथा महको पनि माग उच्च भएकाले यहाँका नागरिकलाई मौरीपालनतर्फ जोड्दै लगिएको उनले बताए ।
“पालिकाको योजना, नागरिकको चाहना र मागका आधारमा नागरिकलाई उद्यमी बनाउनका लागि निरन्तर लाग्छौँ”, उनले भने , “यसमा नागरिकको परिश्रम र कामप्रति लगनशीलता हुनु जरुरी छ ।” नगरपालिकाको ८० प्रतिशत अनुदान र किसानको २० प्रतिशत लागत साझेदारीमा गोलासहितका मौरी घार उपलब्ध गराइएको वडाध्यक्ष भीमबहादुर गुरुङले बताए ।
रु नौ हजार मूल्य रहेको मौरीसहितको घारलाई किसानले रु एक हजार आठ सयमा प्राप्त गरेका हुन् । वडाका ३४ किसानलाई मौरीसहितको घार वितरण गरिएको हो । “कृषि कर्म गर्दै आएका यहाँका नागरिकको आर्थिकस्तर उकास्न उद्यमशीलतासँग जोड्नु जरुरी छ”, उनले भने , “नागरिकलाई उद्यमशीलतासँग जोड्नका लागि मौरीको प्रचुर सम्भावना भएकाले मौरीपालनलाई व्यावसायिकरुपमा अगाडि बढाउने निष्कर्षमा पुगेका हौँ ।”
मौरीपालन गर्नका लागि पाँचदिने आधारभूत ज्ञान सीप किसानलाई दिइएको छ । आगामी दिनमा मौरीपालनलाई व्यावसायिकतातर्फ अगाडि बढाउन र थप विस्तार गर्नका लागि वडा तथा पालिकाले निरन्तर सहयोग गर्ने उनले बताए । “मौरीसहितका घार तथा शुद्ध महको माग बढ्दो क्रममा छ”, उनले भने, “यहाँका किसानले उत्पादन गरेका मौरी तथा मह बिक्री नभएमा वडाले बिक्रीका लागि आवश्यक पहल गर्नेछ ।”

वि.सं.२०८१ जेठ ४ शुक्रवार १५:४० मा प्रकाशित

NLIC AD
NABIL bank AD
अध्यक्ष ढकालद्वारा विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न  आग्रह

अध्यक्ष ढकालद्वारा विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा...

९२ प्रजातिका चरामध्ये ३५  प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

९२ प्रजातिका चरामध्ये ३५ प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

गुल्मी । नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा...

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

गलकोट (बागलुङ) । बागलुङको काठेखोला गाउँपालिका–४ स्थित धारा माध्यमिक विद्यालयका...

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेका नेता डा शेखर कोइरालाले देशको राजनीति...

झापामा आत्महत्याका घटना बढेको बढ्यै, छैन रोकथामको चासो

झापामा आत्महत्याका घटना बढेको बढ्यै, छैन रोकथामको चासो

चन्द्रकला भण्डारी, झापा । कनकाई–१ सिर्जना टोलका ३४ वर्षीय रबिन...