back

मुख्यमन्त्री कार्कीद्वारा मन्त्रिमण्डल विस्तारः पाँच मन्त्री एवं दुई राज्यमन्त्री थप

वि.सं.२०८१ जेठ ४ शुक्रवार

282 

shares
RBB AD
NTC AD

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँच मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्दै कार्यविभाजन समेत गरेका छन् । मुख्यमन्त्री कार्कीले स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की, सामाजिक विकासमन्त्रीमा पाँचकर्ण राई, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा एकराज कार्की, पर्यटन, वन तथा वातावरणमन्त्रीमा नारायणबहादुर मगर, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा लीलाबल्लभ अधिकारीलाई नियुक्त गरेका छन् ।

यसैगरी मुख्यमन्त्री कार्कीले सिर्जना राईलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको राज्यमन्त्री र बन्दना झाँगरलाई पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीको मिति २०८१ जेठ ४ गतेको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम वैशाख २७ गते गठित मन्त्रिपरिषद्को कार्यविभाजन नियुक्ति, हेरफेर र कार्यविभाजनसहित शपथग्रहण गराएका हुन् ।

प्रदेश प्रमुख खापुङले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आज साँझ मन्त्री कार्की, मगर, अधिकारी, कार्की र राईलाई पद तथा गोपनीयताको शपथग्रहण गराए ।

यसैगरी मुख्यमन्त्री कार्कीले राज्यमन्त्रीद्वय राई र झाँगरलाई पद तथा गोपनीयताको शपथग्रहण गराए । यसअघि बिनाविभागीय मन्त्री रहेका रामबहादुर मगरलाई आर्थिक मामिला तथा योजनामन्त्री र गणेशप्रसाद उप्रेतीलाई भौतिक पूर्वाधार विकासमन्त्रीमा कार्यविभाजन गराएका छन् ।

शपथग्रहण समारोहमा सभामुख अम्बरबहादुर विष्ट, प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली, विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुखहरू लगायतका विभिन्न राजनीतिक दलका नेता एवं कार्यकर्ताको उपस्थिति रहेको थियो ।

वि.सं.२०८१ जेठ ४ शुक्रवार २१:१६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
वायु प्रदूषण न्यूनीकरणका लागि ललितपुरमा घुम्ती सवारी जाँच

वायु प्रदूषण न्यूनीकरणका लागि ललितपुरमा घुम्ती सवारी जाँच

पाटन (ललितपुर) । सवारी परीक्षण कार्यालय टेकुसँगको सहकार्यमा ललितपुर महानगरपालिकाले...

अध्यक्ष ढकालद्वारा विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न  आग्रह

अध्यक्ष ढकालद्वारा विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा...

९२ प्रजातिका चरामध्ये ३५  प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

९२ प्रजातिका चरामध्ये ३५ प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

गुल्मी । नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा...

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

गलकोट (बागलुङ) । बागलुङको काठेखोला गाउँपालिका–४ स्थित धारा माध्यमिक विद्यालयका...

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेका नेता डा शेखर कोइरालाले देशको राजनीति...