back

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि अन्त्य

वि.सं.२०८१ जेठ ४ शुक्रवार

183 

shares
RBB AD
NTC AD

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन (विधेयक अधिवेशन) कुनै पनि विधेयक पारित नगरी आज राति १२ बजेदेखि अन्त्य गरिएको छ ।

गत माघ ५ गते प्रारम्भ भएको यो अधिवेशनको अवधिमा प्रदेशसभा सचिवालयमा दर्ता भएका चार वटा विधेयकमध्ये कुनै पनि विधेयक पारित हुन नसकेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सचिवालयका सूचना अधिकारी युवराज जैशीले सरकार गठन र विघटन लिनेबाहेक अन्य काम नभएको बताए । “यो अधिवेशनमा मुख्यमन्त्रीलाई विश्वासको मत दिने, विश्वासको मत फिर्ता लिनेजस्ता कामबाहेक विधेयक पारित गर्नेमा कुनै पनि काम हुन सकेन”, उनले भने ।

यसअघि बिहीबार बसेको प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका केही सांसदको वेल घेराउ र नाराबाजीका बावजूत मुख्यमन्त्री दीर्घबहादुर सोडारीको विश्वासको मत लिनेसम्बन्धी कारबाही अघि बढाइएको थियो । नेकपा (एकीकृत समाजवादी) ससंदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री सोडारीले विश्वासको मत पाएका थिए ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक विक्रमसिंह धामीले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावमा जबरजस्ती कारबाही अघि बढाइएको भन्दै सभामुखको निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए । उनले भने, “छलफल र संवादबाट समस्या समाधान खोज्ने सम्भावना रहे पनि अचानक संसद् अधिवेशन अन्त्य गरिएको घटनामा हाम्रो विरोध छ ।”

यसैबीच प्रतिपक्षी दल नेपाली कांग्रेसले संवाद र छलफलका माध्यमबाट समस्याको समाधान खोज्न चाहे पनि सरकारले अचानक चालु अधिवेशन अन्त्य गरेकाले यस कार्यले सार्वभौमसत्ता सम्पन्न संसद्को मर्यादा कुण्ठित भएको जनाएको छ । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले आज प्रेस विज्ञप्ति जारी गरी अधिवेशन अन्त्य गर्ने निर्णयको विरोध गरे ।

प्रदेशसभाको बैठक सञ्चालनमा दलहरूबीच सहमति जुट्न नसक्दा यसअघि आज अपराह्न बोलाइएको बैठक स्थगित गरिएको थियो । लगत्तै प्रदेश प्रमुखको कार्यालयबाट चालु अधिवेशन पनि अन्त्य गरिएको हो ।

वि.सं.२०८१ जेठ ४ शुक्रवार २१:५० मा प्रकाशित

NLIC AD
NABIL bank AD
‘श्रमाधान रोजगार मेला’ मा छब्बीस सय बढीले दिए आवेदन

‘श्रमाधान रोजगार मेला’ मा छब्बीस सय बढीले दिए आवेदन

कैलाली । यही जेठ २७ र २८ गते धनगढीमा सञ्चालित...

कक्षा १० मा अध्ययनरत नेपालीको ‘फोटोग्राफी’बाट मनग्ये आम्दानी

कक्षा १० मा अध्ययनरत नेपालीको ‘फोटोग्राफी’बाट मनग्ये आम्दानी

भजनी (कैलाली) । जिल्लाको घोडाघोडी नगरपालिका–१ का रोशन नेपाली अहिले...

कक्षा १० मा पढिरहेका नेपालीले ‘फोटोग्राफी’बाट मनग्ये आम्दानी गर्दै

कक्षा १० मा पढिरहेका नेपालीले ‘फोटोग्राफी’बाट मनग्ये आम्दानी गर्दै

भजनी (कैलाली) । जिल्लाको घोडाघोडी नगरपालिका–१ का रोशन नेपाली अहिले...

कैलालीका किसानलाई चैते धान भित्र्याउने चटारो

कैलालीका किसानलाई चैते धान भित्र्याउने चटारो

घोडाघोडी (कैलाली) । कैलालीको घोडाघोडी नगरपालिका–८ का बुुझाउन चौधरीलाई हिजोआज...

कैलालीमा दलहनबालीको उत्पादनमा वृद्धि

कैलालीमा दलहनबालीको उत्पादनमा वृद्धि

गोदावरी (कैलाली) । कैलालीमा गत वर्षको तुलनामा यस वर्ष दलहनबाली...

प्राथमिक तह मात्रै अध्ययन गरेकी कौशिला शवगृहको काममा भने सक्रिय

प्राथमिक तह मात्रै अध्ययन गरेकी कौशिला शवगृहको काममा भने सक्रिय

महेन्द्रनगर (कञ्चनपुर) । मृत शरीरको चिरफारदेखि सिउने कामसम्म महिलाले गर्छन...