back

गजल

वि.सं.२०८१ जेठ ५ शनिवार

1.7K 

shares
IME Limited
NTC AD

मिरा ज्ञवाली (आस्था), रुपन्देही

भिरेर हिउँको सपक्क फेटा सधैँ बसेको छ देश मेरो
पहाड पर्वत नदी र नाला गगन खुलेको छ देश मेरो

अपूर्व खानी जडीबुटीको छ हेर भण्डार देशभित्रै
नसक्दा चिन्न छ खेर जाँदै झनै दुखेको छ देश मेरो

अनेक जाति अनेक भाषा छ एकताको मिसाल सुन्दर
नवीन संस्कार भेषभूषा सबै अटेको छ देश मेरो

भएर हाम्रा युवा बिदेशी छ खेत बाँझो फलेन अन्न
विकास पथमा गरेर अल्छी सधैँ झुकेको छ देश मेरो

फुलेर लाली गुराँस वनमा छ अप्सराझैँ असाध्य सुन्दर
बलेर दीपक सबै मुलुकको नजर खिचेको छ देश मेरो ।

बहर : जमिल मुसम्मन सालिम
वजन : १२१२२ १२१२२ १२१२२ १२१२२
काफिया : एको
रदिफ : छ देश मेरो
अभ्यास : परिश्रमी पाठशाला (बहर–छन्दशाला)

वि.सं.२०८१ जेठ ५ शनिवार ०८:२५ मा प्रकाशित

गजल

गजल

एकनारायण चापागाईं ,दाङ वचन वाणजस्तो सियो के गरूँ म छ...

गजल

गजल

अरुण खड्का, किर्तिपुर तन मनमा जसले कालो जादु चलायो आँखामा...

गजल

गजल

चन्द्रावती अधिकारी, कोहलपुर, बाँके नारीका पीडा दुख सबका घरघरमा छन्...

गजल

गजल

टीका सुदिस निरौला, काठमाडौं फगतका बहाना बनाएर फेरि नआऊ नजिक...

गजल

गजल

प्रभा पोखरेल, अमेरिका छ तिम्रो कलाको निसानी अधरमा चुमौँ लाग्छ...

गजल

गजल

बिष्णुकुमार बराइली मिरिक, दार्जिलिङ चारैतिर हेर्दा झगडा छन् घर घरका...