back

लघुकथाः नसोचेको खुसी

वि.सं.२०८१ जेठ ५ शनिवार

666 

shares
RBB AD
NTC AD

मुरारीराज मिश्र, कुमारीगाल, काठमाडौं

‘परेको बेलामा यसो सघाइपघाइ होला कि भनेर पो कामगर्ने मान्छे राखेको त, काम पर्दा उसैलाई बिदा दिने हो भने मान्छे राखेको के फाइदा भयो ?’ कमलाले आफ्नो घरमा काम गर्ने मालतीसँग झर्कंदै भनिन् ।

‘के गर्ने दिदी, भएकी एउटी छोरी मुख हेर्न भनेर आउँछे, फेरि डाँडा माथिको घामजस्ती उमेरकी आमालाई पनि भेट्न जानुपर्छ । त्यसैले पो छिटो जान खोजेकी मैले ।’ मालतीले नम्र भएर जवाफ दिइन् ।

‘विवाहपछि पहिलोपटक आमाको मुख हेर्न माइती आएकी छ छोरी । उसले यसपाली नयाँ ढंगले आमाको मुख हेर्ने पर्व मनाउने तैयारी गरेकी छ । त्यसैले आजको सबै काम नसिध्याई तिमिले घर जान पाउन्नौ है ! जाऊ, गएर भान्साको सबै काम सक ।’ कमलाले अह्राईन् ।

‘धिक्कार छ, कस्तो कर्म पाएछु मैले ! बरु, यो चाडपर्व पनि धनी र गरीबको बेग्लाबेग्लै दिनमा हुने भैदिएको भए हामीजस्तालाई कति सुविस्ता हुन्थ्यो !’ यिनै कुरा मनभित्र खेलाउँदै मालती भान्सा तर्फ लागिन् ।

‘मालती…ए मालती, यहाँ आऊ त !’ केही समयपछि बैठक कोठाबाट कमलाको बोलाहट आउँछ ।

‘घर जान हतार भैसक्यो, फेरि के काम थपियो… !’ धोतीको सप्कोले निधारको पसिना पुछ्दै, भुतभुताउँदै मालती बैठकतर्फ लाग्छिन् । तर, ढोका नजिकै पुग्दा कोठाभित्रको दृश्यले उनी चकित पर्छिन् !

कोठाभित्र मालतीकी बृद्धआमा र छोरी सोफामाथि बसेर कमला र उनकी नवविवाहिता छोरीसँग हाँस्दै गफिंदै थिए ।

 

वि.सं.२०८१ जेठ ५ शनिवार ०८:२७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गजल

गजल

कुशलनाथ योगी, कालिकोट ढुङ्गैको सामु झुकोस् यो शिर मेरो हो...

कविता : प्रेम सुहाउने रहेछ ।

कविता : प्रेम सुहाउने रहेछ ।

दीनानाथ पोख्रेल, इलाम मान्छे बन्दै हितपथ चुनी बढ्न जाने धरामा...

गजल

गजल

भूपाल अधिकारी, बिराटनगर उनी रुझ्दा झरी बन्ने अनौठो चाहनाभित्र उनैको...

मुक्तक

मुक्तक

गणेश लोहनी, काठमाडौं १. केही गर्ने अठोट बोकी मैदानमा आएपछि...

कविता : उनी अनि म

कविता : उनी अनि म

चन्द्रिका राना, थापा पाल्पा, हाल–काठमाडौं एउटा घर, घरमा हामी दुई...

लघुकथा : भविष्यवाणी

लघुकथा : भविष्यवाणी

इन्दिरा चापागाईं सूर्यविनायक न.पा. भक्तपुर ‘होइन, नेपाल देश त खाली...