back

कविता : म महिला

वि.सं.२०८१ जेठ ५ शनिवार

852 

shares
RBB AD
NTC AD

कोपिला वर्देवा,काठमाडौं 

सृष्टिमा मेरो पाहिलो पहिचान महिला
भगवानले सृष्टि चलाउन पठाइएका हुन रे मलाई
तर, केही पुरुष जातिले खेलौना बनाएका छन्
नानभाती लान्छना लगाई सताईरहेका छन्

कहिले बलात्कार गरेर मारेका छन् त
कहिले जिउँदै लास जस्तो बनाएका छन्
मार्ने भन्दा पनि मर्नेलाई दोषी बनाइरहेका छन्
गल्ति नहुँदा पनि महिलालाई नै आरोप लगाइरहेका छन्

दाइजोको कारण मलाई झुन्डाइन्छ, म माथि आगो लगाईन्छ
सासू नन्द आमाजु मिलेर मै माथि आक्रमण गरिन्छ
यहाँ महिलाले नै महिलाको खेदो खनिन्छ
अन्यायमा परेकालाई न्याय दिनु त परै जावोस् झन पीडा दिइन्छ

प्रेम सम्बन्धको धाँगो दुवै मिलि गासिन्छ
माया मोह मर्दै गएपछि महिलाकै चरित्रमा औंला ठडाइन्छ
देखावटी माया गरेर नमज्जाले फसाइन्छ
मन मर्दै जान्छ अनि महिलाकै नराम्रो पक्षको खोजी हुन्छ

समाजका यौन पिपासुलाइ प्रश्न गर्न मन छ
तिम्रो आमा पनि महिला नै हैनन् ? अनि तिम्रो बहिनी ?
अनि अरुका दिदिबहिनीलाई किन खेलौना सम्झिइन्छ यहाँ
भरपुर संस्कार सिकाएकी मेरि आमामाथि नै औला ठडाइन्छ यहाँ ।

यहाँ एउटा घट्ना सेलाउन नपाउँदै
बजारमा अर्को घटनाको समाचार छापिन्छ
मारिन्छ कि आफै मर्छिन् महिला त्यस्को खोजी गरिदैन
तर दोषको भारी उनीमाथि नै बोकाइन्छ
मरेपछि उनको सुनिदिने कस्ले
त्यसैले त तथानाम गाली र चरित्रमा दोष लगाइन्छ

 

 

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गजल

गजल

कुशलनाथ योगी, कालिकोट ढुङ्गैको सामु झुकोस् यो शिर मेरो हो...

कविता : प्रेम सुहाउने रहेछ ।

कविता : प्रेम सुहाउने रहेछ ।

दीनानाथ पोख्रेल, इलाम मान्छे बन्दै हितपथ चुनी बढ्न जाने धरामा...

गजल

गजल

भूपाल अधिकारी, बिराटनगर उनी रुझ्दा झरी बन्ने अनौठो चाहनाभित्र उनैको...

मुक्तक

मुक्तक

गणेश लोहनी, काठमाडौं १. केही गर्ने अठोट बोकी मैदानमा आएपछि...

कविता : उनी अनि म

कविता : उनी अनि म

चन्द्रिका राना, थापा पाल्पा, हाल–काठमाडौं एउटा घर, घरमा हामी दुई...

लघुकथा : भविष्यवाणी

लघुकथा : भविष्यवाणी

इन्दिरा चापागाईं सूर्यविनायक न.पा. भक्तपुर ‘होइन, नेपाल देश त खाली...