back

जेठ सातमा राष्ट्रिय संयुक्त संघर्ष समितिको प्रदर्शन

वि.सं.२०८१ जेठ ५ शनिवार

444 

shares
RBB AD
NTC AD

काठमाडौं । राष्ट्रिय संयुक्त संघर्ष समितिले आगामी जेठ सातमा जन प्रदर्शन गर्ने भएको छ ।

अनशनकारीका माग पुरा गर भन्दै दबाब सहितको सो जनप्रदर्शन गर्ने भएको हो ।

गत वैशाख २४ गतेदेखि संघर्ष समितिले ‘स्वदेशमै काम गरेर खान दे, उद्योगी व्यवसायी तथा आम नागरिकलाई बाँच्न दे’ भन्ने नारासहित काठमाडौंको कलंकीमा सत्याग्रह सुरु गरेको थियो ।

विभिन्न १८ बुँदे माग राखेर पटकपटक सरकारलाई खबरदारी गर्दा पनि नसुनेपछि सत्याग्रह सुरु गरिएको संघर्ष समितिले जनाएको छ ।

सत्याग्रह सुरु गरेको दिनदेखि नै सरकारलाई निरन्तर दबाब दिदै आएको भए पनि कुनै सुनुवाई नगरेकोले जन प्रदर्शन गर्न लागिएको बताईएको छ ।

संघर्ष समितिले आर्थिक संकटका कारण सम्पूर्ण क्षेत्रमा जटिल समस्याहरु देखा परेको हुदाँ सो समस्याको तत्काल समाधान गर्न सामुहिक सत्याग्रहसिहतकाे आन्दाेलन सुरु गरीएको बताएको छ ।

शान्तिपूर्ण तवरले आफ्ना मागहरू पुरा गर्न जनदबाब कार्यक्रम गर्न खोजिएको बताईएको छ । प्रदर्शनले अनशनकारीको जिवन रक्षाको लागी सरकारलाई दवाब दिने र त्यति गर्दा पनि सुनुवाई नभएमा अप्रिय कदम उठाउन बाध्य हुने समितिका गोविन्द बिष्टले जानकारी दिएका छन् ।

स्वदेशमै काम गरेर खान दे, अनशनकारीका माग पुरा गर भन्दै जिवन रक्षाका लागी सत्याग्रहसहित शान्तिपूर्ण आन्दोलन गर्दा सरकार आन्दोलनलाई तुहाउन लागि परेको आन्दोलनकारीको आरोप छ ।

वि.सं.२०८१ जेठ ५ शनिवार २१:४५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
वायु प्रदूषण न्यूनीकरणका लागि ललितपुरमा घुम्ती सवारी जाँच

वायु प्रदूषण न्यूनीकरणका लागि ललितपुरमा घुम्ती सवारी जाँच

पाटन (ललितपुर) । सवारी परीक्षण कार्यालय टेकुसँगको सहकार्यमा ललितपुर महानगरपालिकाले...

अध्यक्ष ढकालद्वारा विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न  आग्रह

अध्यक्ष ढकालद्वारा विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा...

९२ प्रजातिका चरामध्ये ३५  प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

९२ प्रजातिका चरामध्ये ३५ प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

गुल्मी । नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा...

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

गलकोट (बागलुङ) । बागलुङको काठेखोला गाउँपालिका–४ स्थित धारा माध्यमिक विद्यालयका...

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेका नेता डा शेखर कोइरालाले देशको राजनीति...