back

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन दूतावासको आग्रह

वि.सं.२०८१ जेठ ६ आइतवार

129 

shares
RBB AD
NTC AD

काठमाडौँ । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले त्यस्तो आग्रह गरेको हो ।

पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन् । उक्त राजदूतावासले शनिबार एक सूचना जारी गरी “किर्गीस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका घटनाका सन्दर्भमा करिब दुई सय ८० को सङ्ख्यामा खासगरी बिस्केक र वरपर रहनुभएका नेपाली हाल सकुशल रहनुभएको र स्थिति सामान्य नहुञ्जेलसम्म निवास/घर बाहिर ननिस्कन आग्रह छ”, भनेको छ ।

दूतावासले कुनै किसिमको समस्या परेमा उक्त देशमा रहेका स्थानीय नेपालीसँग वा इस्लामावादस्थित दूतावासको प्रत्यक्ष सम्पर्कमा रहन अनुरोध पनि गरेको छ । साथै दूतावासले कुनै जानकारी, सल्लाह वा सहयोग आवश्यक परेमा राजदूतावासको फोन नं +९२५१२६१०३२१ (ह्वाट्सयाप समेत) र इमेल [email protected] मा सम्पर्क गर्न सकिने जनाएको छ ।

बिस्केकमा चिकित्साशास्त्र अध्ययन गरिरहेका भारत, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका विद्यार्थी रहेका छात्राबासमा आक्रमण भएपछि दूतावासले उक्त आग्रह गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हाल बिस्केकको अवस्था सामान्य छ । त्यहाँको परराष्ट्र मन्त्रालयले बिस्केकको स्थिति नियन्त्रणमा रहेको जनाउँदै झुटा समाचार सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न सम्बद्ध सबैमा आग्रह गरेको छ । छात्राबासमा भएको आक्रमणमा १५ जना विद्यार्थीलाई चोट लागेको र उनीहरूको उपचार भएको जनाएको छ ।
रासस

वि.सं.२०८१ जेठ ६ आइतवार ११:४१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
वायु प्रदूषण न्यूनीकरणका लागि ललितपुरमा घुम्ती सवारी जाँच

वायु प्रदूषण न्यूनीकरणका लागि ललितपुरमा घुम्ती सवारी जाँच

पाटन (ललितपुर) । सवारी परीक्षण कार्यालय टेकुसँगको सहकार्यमा ललितपुर महानगरपालिकाले...

अध्यक्ष ढकालद्वारा विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न  आग्रह

अध्यक्ष ढकालद्वारा विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा...

९२ प्रजातिका चरामध्ये ३५  प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

९२ प्रजातिका चरामध्ये ३५ प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

गुल्मी । नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा...

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

गलकोट (बागलुङ) । बागलुङको काठेखोला गाउँपालिका–४ स्थित धारा माध्यमिक विद्यालयका...

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेका नेता डा शेखर कोइरालाले देशको राजनीति...