back

सिङ्गो गाउँलाई नै घरबास घोषणा

वि.सं.२०८१ जेठ ६ आइतवार

372 

shares
RBB AD
NTC AD

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाघाट पूर्व) नवलपुरको कावासोती–१५, बाघखोरलाई घरबास गाउँ घोषणा गरिएको छ ।

अमलटारी मध्यवर्ती सामुदायिक घरबास सञ्चालितको दश वर्ष पूरा भएका अवसरमा सिङ्गो गाउँलाई नै घरबास घोषणा गरिएको अमलटारी मध्यवर्ती सामुदायिक घरबासका अध्यक्ष प्रेमशंकर मर्दनिया थारूले जानकारी दिए । घरबासको नीति, मापदण्ड, अवधारण, कार्यविधि र दिगोपनालाई मध्यनजर गरि यहाँ रहेका होटल, रेष्टुरेन्ट र आवास गृह सबैलाई घरबासका रूपमा परिणत गरिएका अध्यक्ष थारूले बताए । शनिबार गण्डकी प्रदेशसभा सदस्य पद्मा जिसी श्रेष्ठले गाउँलाई घरबास गाउँ घोषणा गरेकी हुन् ।

यस क्षेत्रमा छुट्टाछुट्टै स्वरूपमा घरबाससहित, होटल, रेष्टुरेन्ट सञ्चालन गर्दा भविष्यमा घरबासको मौलिकता गुम्दै जाने खतरा बढेकाले सबैलाई एकै मापदण्डमा ल्याउन यस्तो घोषणा गरिएको उनले भने । हाल अमलटारी घरबासअन्तर्गतका ४३ आवास र होटलमा सञ्चालित ६४ कोठालाई एकीकृत गरि घरबासको मापदण्डमा लैजाने निर्णय गरिएको छ । ‘हामीले यसअघिका घरबास र पछि सञ्चालित सबै होटलका कोठालाई घरबासमै गाभेका छौ, यहाँ आउने पाहुनाहरू एकद्वार प्रणालीबाट आउन र राम्रो सेवा लिन सकुन् भन्ने हाम्रो चाहना हो । यो योजनाले घरबासको मौलिकता जोगाउन सहयोग पुग्नेछ”, अध्यक्ष थारूले भने ।

घरबासलाई थप व्यवस्थित गर्न दशवर्षे रणनैतिक योजनासमेत बनाइएको छ । जसमा एक घर एक रोजगार, गाउँमा सत्प्रतिशत साक्षरता, वातावरणमैत्री व्यवसाय, सबै घरमा करेसाबारीसहित थारू, बोटेलगायत स्थानीय समुदायका संस्कृति, रहनसहनलाई संरक्षण गर्ने गरि म्युजियम निर्माणको योजना छ । वन र वन्यजन्तुको संरक्षणसहित आर्थिक विकासमा जोडिन सम्भव छ भन्ने उद्देश्यका साथ यहाँ थप अभियानहरू पनि सञ्चालन गर्ने व्वस्थापन समितिको योजना छ । “जैविक विविधताको संरक्षण, दिगो वन व्यवस्थापन, मानव वन्यजन्तुको सहअस्तित्व कायम गर्दै यो क्षेत्रलाई पर्यापर्यटनको गन्तव्यका रूपमा विकास गर्ने हाम्रो अभियान छ”, अध्यक्ष थारूले भने ।

अमलटारी घरबासले थारु, बोटे समुदायको जीवनस्तर सुधारका साथै महिलाहरूको क्षमता विकासमा पनि सहयोग पुगेको गण्डकी प्रदेशसभा सदस्य पद्मा जिसी श्रेष्ठले बताए । घरबासबाट जिविकोपार्जनसहित गाउँको आर्थिक तथा सामाजिक विकास सम्भव छ भन्ने उदाहरण अमटारी घरबासले प्रस्तुत गरेकामा उनले प्रशंसा गरे ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएको कावासोतीको बाघखोरमा अमलटारी क्षेत्रमा घरबास सञ्चालन पछि यहाँको आर्थिक विकासमा ठूलो सहयोग पुगेको छ । यहाँका मध्यवर्ती सामुदायिक वनमा गैंडा अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् ।
रासस

वि.सं.२०८१ जेठ ६ आइतवार १२:३२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
वायु प्रदूषण न्यूनीकरणका लागि ललितपुरमा घुम्ती सवारी जाँच

वायु प्रदूषण न्यूनीकरणका लागि ललितपुरमा घुम्ती सवारी जाँच

पाटन (ललितपुर) । सवारी परीक्षण कार्यालय टेकुसँगको सहकार्यमा ललितपुर महानगरपालिकाले...

अध्यक्ष ढकालद्वारा विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न  आग्रह

अध्यक्ष ढकालद्वारा विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा...

९२ प्रजातिका चरामध्ये ३५  प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

९२ प्रजातिका चरामध्ये ३५ प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

गुल्मी । नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा...

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

गलकोट (बागलुङ) । बागलुङको काठेखोला गाउँपालिका–४ स्थित धारा माध्यमिक विद्यालयका...

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेका नेता डा शेखर कोइरालाले देशको राजनीति...