back

ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच कर्जा प्रवाह सम्बन्धी सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार

324 

shares
RBB AD
NTC AD

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि.बीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी अनुसार बैंकले, सिमेक्स इंक प्रा.लि तथा उक्त कम्पनीका आधिकारीक बिक्रेताले बिक्री गर्ने बि.वाई.डि. ब्राण्डका विद्युतिय सवारी साधन खरिद गर्न चाहने नेपाली नागरिकहरुले आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात नियमानुसार बैंकले उचित ठहर्याएका ग्राहकलाई ३ कार्यदिन भित्र सहजरुपमा सवारी साधन कर्जा प्रवाह गर्नेछ ।

ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न व्यक्तिगत प्रयोजनका सवारी साधनलाई न्यूनतम् व्याजदरमा कर्जा प्रवाह गर्दै आएको बैंकले जनाएको छ । साथै आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको जनाएको छ ।

उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सिमेक्स इंक प्रा.लि.का तर्फबाट सेल्स तथा सोरुम म्यानेजर संध्या श्रेष्ठले हस्ताक्षर गरेकी छन् ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको बैंकले जनाएको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको जनाएको छ ।

वि.सं.२०८१ जेठ ६ आइतवार १२:५१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रभु बैंकको ३०३औँ शाखा देहीमाण्डौंमा

प्रभु बैंकको ३०३औँ शाखा देहीमाण्डौंमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने...

ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंकद्वारा “डिजिटल युनिभर्स” सञ्चालन

ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंकद्वारा “डिजिटल युनिभर्स” सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांस बैंकिङ सेवाहरु बैंकको...

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

  काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार...

सिटिजन्स बैंकका ग्राहकले ग्राण्ड नोरलिङ होटेलमा विशेष छुट पाउने

सिटिजन्स बैंकका ग्राहकले ग्राण्ड नोरलिङ होटेलमा विशेष छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले मूलपानी, काठमाडौं स्थित...

सिटिजन्स बैंक र स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलबीच समझदारी

सिटिजन्स बैंक र स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगंज, पर्सा स्थित...

आज डलरको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

आज डलरको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

  काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार...