back

ओझेलमा पर्यटकीयस्थल रुडुबन्चु पाटन

वि.सं.२०८१ जेठ ६ आइतवार

648 

shares
IME Limited
NTC AD

मान्म (कालीकोट) । कालीकोटको तिलागुफा नगरपालिका-१० मा पर्ने पर्यटकीयस्थल पाटन रुडुबन्चु ओझेलमा परेको छ । अति रमणीय पर्यटकीयस्थल रुडुबन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा पर्न थालेको हो ।

कर्णालीको तराई भनेर चिनिएको चिल्खायाको माथिल्लो स्थानमा रहेको रुडुबन्चु अहिले प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । प्राकृतिक सम्पदाको सुन्दर भूमीका रुपमा रहे पनि संरक्षण, प्रवर्द्धन तथा प्रचारप्रसार नहुँदा ओझेलमा पर्न थालेको तिलागुफा नगरपालिका–१० स्थानीय लोकबहादुर शाहीले बताए ।

तल्लो क्षेत्रमा रहेको उपत्यका जस्तो फाँट देखिने चिल्खायाको ज्यूला र त्यसैसँग जोडिएको रुडुबन्चु पाटन सबैको मन लोभ्याउने स्थान भएकाले यसको प्रवर्द्धन गरी पर्यटनसँग जोड्नुपर्ने उनको भनाइ छ ।

“यो पाटन पशुपालनका लागि निकै महत्व मानिएको रुडुबन्चुमा यार्सागुम्बासमेत पाइने गरेको छ”, शाहीले भने, “वर्षायाममा यो पाटनमा भेडाबाख्रा चराउँदा दृश्य निकै रमाइलो देखिन्छ ।”

रुडुबन्चु क्षेत्रको पर्यटन प्रवर्द्धनमा तिलागुफा नगरपालिकाले विशेष योजना बनाएको वडा नं १० का वडाध्यक्ष मुनबहादुर थापाले बताए । “पर्यटकीय प्राकृतिक सम्पदा र धार्मिक क्षेत्रलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौँ”, उनले भने, “चिल्खायाको रुडुबन्चु, तिलानदीको काखमा रहेको तिलागुफा, फोइमहादेवको खमाले गुफा, फुलवारी पाटन, स्याउले त्रिवेणी, महावै देवता फुर्केसल्लालगायत धार्मिक तथा पर्यटकीय क्षेत्रलाई पर्यटकीय गतव्यका रुपमा विकास गर्ने योजना बनाएका छौँ ।”

रुडुुबन्चु पर्यकीय हिसाबले सुन्दर पाटन मात्रै नभएर यहाँ जैविक विविधतासमेत रहेको तिलागुफा नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायले बताए । “विश्वमै दुर्लभ वन्यजन्तु रेडपाण्डा यस पाटनमा पाइन्छ”, उनले भने, “यहाँ जडीबुटी, वनजङ्गल, विभिन्न जीवजन्तु पाइन्छन् । यसको संरक्षण र पर्यटकीयरुपमा प्रवर्द्धन गर्नसके यहाँको विकास र समृद्धिको आधार बन्ने थियो ।”

गाउँसँगै जोडिएको प्रचुर सम्भावना बोकेको चर्चित पर्यटकीयस्थल रुडुबन्चु पाटनलाई स्थानीय सरकारले चासो नदिँदा ओझेलमा पर्दै गएको स्थानीय मनबहादुर शाहीले बताए । “यो पाटनका विषयमा प्रचारप्रसार नगर्दा अहिले ओझेलमा परेको छ । यसको संरक्षण, प्रवर्द्धन गर्नुपर्ने आवश्यकता छ”, उनले भने, “यसका लागि तीनै तहका सरकारले नीति तथा योजना बनाएर कार्यान्वयन गर्नुपर्छ ।”

रासस

वि.सं.२०८१ जेठ ६ आइतवार १४:५४ मा प्रकाशित

कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने पूर्वानुमान

कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

घाँस काट्न गएकी महिलाको भीरबाट लडेर मृत्यु

घाँस काट्न गएकी महिलाको भीरबाट लडेर मृत्यु

बैतडी । बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ...

सुदूरपश्चिममा लगानीमैत्री वातावरण बनाउन चाहेका छौँः मुख्यमन्त्री शाह

सुदूरपश्चिममा लगानीमैत्री वातावरण बनाउन चाहेका छौँः मुख्यमन्त्री शाह

अत्तरिया (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले...

नेपालीलाई बन्धक बनाउने गिरोहमाथि कारबाहीको माग

नेपालीलाई बन्धक बनाउने गिरोहमाथि कारबाहीको माग

सुदूरपश्चिम । भारतको उत्तराखण्डस्थित उदमसिंहनगरमा नेपालीहरुलाई अपहरण गरेर बन्धक बनाउने...

कोटामार्फत रासायनिक मल वितरण

कोटामार्फत रासायनिक मल वितरण

कञ्चनपुर । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले कोटा...

वडाको पहलमा विपन्नलाई बिमा

वडाको पहलमा विपन्नलाई बिमा

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–१० ले सामाजिक उत्तरदायित्व पूरा गर्दै...