back

अन्तराष्ट्रियस्तरको महासमिति बनाउन रवि लामिछानेको चुनौती

वि.सं.२०८१ जेठ ६ आइतवार

690 

shares
RBB AD
NTC AD

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अन्तराष्टियस्तरको महासमिति बनाउन नेपाली कांग्रेसलाई चुनौती दिएका छन् ।

सहकारी ठगिमा उनको असंलग्नताको बिषयमा प्रतिनिधिसभामा प्रष्टिकरण दिंदै लामिछानेले नेपालको संसदीय समिति मात्र नभएर अन्तराष्ट्रिय विज्ञ सम्मिलित महासमिति नै बनाएपनि आफुलाई फरक नपर्ने बताएका हुन् ।

लामो समयसम्म आफुले बोल्न नपाएको भन्दै उनले प्रमुख प्रतिपक्ष कांग्रेस र खासगरी त्यसका महामन्त्री गगन थापा लक्षित आरोपहरु संसदमा सुनाए ।

उनले सभापति देउवाको प्रधानमन्त्री बनाउने अफर, भुटानी केसमा आरजु राणाको संलग्नता, उपसभापति धनराज गुरुंङको रातो पासपोर्ट, महामन्त्री गगन थापाको त्रिचन्द्र स्वबियु घोटाला, प्याक्ट परियोजनाको हिनामिना, उपकुलपति नियुक्तिमा करोडौ नजराना, स्वास्थ सामाग्रीमा घोटाला, सांसद रामहरी खतिवडाको रोलेक्स घडि प्रकरण सहित एक दर्जन भन्दा बढि कुरा उदृत गरेका थिए ।

रास्वापा सभापति समेत रहेका लामिछाने आफू परिपक्व नभैसकेको भन्दै प्रतिपक्ष कांग्रेसप्रति खरो उत्रेका थिए । सहकारी ठगीमा लामिछानेको संलग्नता देखाउदै कांग्रेसले संसदीय छानबिन समिति बनाउने मागसहित केहि दिन यता संसद अवरुद्ध गर्दै आएको थियो ।

वि.सं.२०८१ जेठ ६ आइतवार २०:३१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
वायु प्रदूषण न्यूनीकरणका लागि ललितपुरमा घुम्ती सवारी जाँच

वायु प्रदूषण न्यूनीकरणका लागि ललितपुरमा घुम्ती सवारी जाँच

पाटन (ललितपुर) । सवारी परीक्षण कार्यालय टेकुसँगको सहकार्यमा ललितपुर महानगरपालिकाले...

अध्यक्ष ढकालद्वारा विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न  आग्रह

अध्यक्ष ढकालद्वारा विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा...

९२ प्रजातिका चरामध्ये ३५  प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

९२ प्रजातिका चरामध्ये ३५ प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

गुल्मी । नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा...

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

गलकोट (बागलुङ) । बागलुङको काठेखोला गाउँपालिका–४ स्थित धारा माध्यमिक विद्यालयका...

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेका नेता डा शेखर कोइरालाले देशको राजनीति...