back

धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने कृषि मन्त्रालयको भनाई

वि.सं.२०८१ जेठ ६ आइतवार

309 

shares
RBB AD
NTC AD

काठमाडौँ । यस वर्ष धान रोप्नका लागि रासायनिक मलको अभाव नहुने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले रोपाइँका बेला मल अभाव नहुने भएकाले ढुक्क भएर कृषि कर्म अघि बढाउन कृषक वर्गमा अनुरोध गरेको छ ।

धान रोप्नका लागि सुरुको चरणमा डिएपी मल बढी आवश्यक पर्छ । हाल कृषि सामग्री कम्पनी लिमिटेडमा युरिया ५२ हजार १८, साल्ट टे«डिङ कम्पनी लिमिटेडमा २६ हजार ५० मेट्रिकटन गरी ७८ हजार १७९ मेट्रिकटन मौज्दात रहेको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए ।
यसैगरी डिएपी मल कृषि सामग्री कम्पनीमा पाँच हजार चार सय ३४ र साल्ट टे«डिङ कम्पनीमा चार हजार ९२ मेट्रिकटन गरी नौ हजार पाँच सय २७ मेट्रिकटन गत वर्षकै मौज्दात रहेको छ ।

यसैगरी पोटास मल कृषि सामग्रीमा आठ हजार छ सय ९६ र साल्ट ट्रेडिङ कम्पनीमा तीन हजार एक सय छ मेट्रिकटन गरी ११ हजार आठ सय तीन मेट्रिकटन मौज्दात रहेको छ । कृषि सामग्री र साल्ट टे«डिङले दुई लाख ४२ हजार एक सय १९ मेट्रिकटन युरिया मल आयात गर्दैछन् । यसैगरी दुवै कम्पनीले ९७ हजार आठ सय ६५ मेट्रिकटन डिएपी मल आयात गर्न लागेको मन्त्रालयले जनाएको छ ।

कृषि सामग्रीले १२ हजार नौ सय ५८ मेट्रिकटन र साल्ट ट्रेडिङले सात हजार छ सय ४६ मेट्रिकटन पोटास मल गरी कूल २० हजार छ सय चार मेट्रिक टन मल आयात गर्दै छन् । यो मल यसै हप्तादेखि असार दोस्रो सातासम्म नेपाल आइसक्ने मन्त्रालयका सूचना अधिकारी जोशीले बताए । पहिले आएको मल अघि रोपाइँ हुने जिल्ला र पछि आएको मलपछि रोपाइँ हुने जिल्लामा पठाउने गरी मन्त्रालयले व्यवस्था मिलाएको मन्त्रालयका प्रवक्ता शवनम शिवाकोटीले बताए ।

यसवर्ष आवश्यक मात्रामा पानी पर्ने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले यसअघि नै गरिसकेको छ । यसैले समयमै रोपाइँको तयारी गर्न मन्त्रालयले कृषकलाई आह्वान गरेको छ । रासस

 

वि.सं.२०८१ जेठ ६ आइतवार २०:३८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
९२ प्रजातिका चरामध्ये ३५  प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

९२ प्रजातिका चरामध्ये ३५ प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

गुल्मी । नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा...

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

गलकोट (बागलुङ) । बागलुङको काठेखोला गाउँपालिका–४ स्थित धारा माध्यमिक विद्यालयका...

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेका नेता डा शेखर कोइरालाले देशको राजनीति...

झापामा आत्महत्याका घटना बढेको बढ्यै, छैन रोकथामको चासो

झापामा आत्महत्याका घटना बढेको बढ्यै, छैन रोकथामको चासो

चन्द्रकला भण्डारी, झापा । कनकाई–१ सिर्जना टोलका ३४ वर्षीय रबिन...

‘क्यान’भित्रको अनियमितता छानबिन गर्न माग

‘क्यान’भित्रको अनियमितता छानबिन गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल क्रिकेट सङ्घ (क्यान) भित्र...