back

धमाधम फाईल खोल्न महामन्त्री गगनको सुझाव

वि.सं.२०८१ जेठ ६ आइतवार

570 

shares
RBB AD
NTC AD

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगन थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई धमाधम फाईल खोल्न सुझाव दिएका छन् ।

लामिछानेले संसद्मा दिएको अभिव्यक्ति टेलिभिजन प्रस्तोताको जस्तो भएको टिप्पणी गर्दै गृहमन्त्रीले फाइल खोलिदिऊँ भनेर भनेको सुन्दा आफू चकित भएको समेत बताएका छन् ।

थापाले भने ‘गृह मन्त्रालय भनेको त ठूलो जिम्मेवारी हो नि । हाम्रो सरकारको कार्य सञ्चालन नियमावलीले पनि गृह मन्त्रालयलाई त्यसमाथि पनि अझ उपप्रधानमन्त्री कति धेरै महत्त्वपूर्ण जिम्मेवारी दिइएको छ । आज मैले उहाँले भन्दैगर्दा यसो सुनेको थिए–म तेरो फाइल खोलिदिऊ, म तेरो अनुसन्धान गरिदिऊँ ? मेरो गर्छु भन्छस् भने तेरो पनि गरिदिन्छु,’ उनले भने, ‘अरे बाबा, गृहमन्त्रीले यस्तो भन्ला र गृहमन्त्रीले त धमाधम फाइलको पनि खोल्ने हो । धमाधम अनुसन्धान गर्ने हो । त्यसपछि त्यसलाई गल्ती गरेको छ भने निर्णय गराउने हो । फैसला गराउने हो, कार्यान्वयन गराउने हो ।’

त्यसैगरी थापाले छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने संसदको बैठक चल्न समेत नदिने बताएका छन् ।

 

वि.सं.२०८१ जेठ ६ आइतवार २०:५१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
९२ प्रजातिका चरामध्ये ३५  प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

९२ प्रजातिका चरामध्ये ३५ प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

गुल्मी । नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा...

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

गलकोट (बागलुङ) । बागलुङको काठेखोला गाउँपालिका–४ स्थित धारा माध्यमिक विद्यालयका...

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेका नेता डा शेखर कोइरालाले देशको राजनीति...

झापामा आत्महत्याका घटना बढेको बढ्यै, छैन रोकथामको चासो

झापामा आत्महत्याका घटना बढेको बढ्यै, छैन रोकथामको चासो

चन्द्रकला भण्डारी, झापा । कनकाई–१ सिर्जना टोलका ३४ वर्षीय रबिन...

‘क्यान’भित्रको अनियमितता छानबिन गर्न माग

‘क्यान’भित्रको अनियमितता छानबिन गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल क्रिकेट सङ्घ (क्यान) भित्र...